पाँचथर मंञ्च हङकङबाट जन्तरे मामालाई १ लाख ७७ हजार सहयोग

नारायण गोपालको झल्को दिने स्वर भएका जन्तरे मामा पछिल्लो समय युटयुव लगायतका सामाजिक सञ्जालमा भाईरल बनिरहेका छन् ।

हङकङ / पुर्वका प्रतिभा जन्तरे मामा (अमित राई)लाई पाँचथर मञ्च हङकङले नगद १ लाख ७७ हजार १७ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
मञ्चका पूर्व अध्यक्ष टिका माखिम र पूर्व सचिव भुपेन्द्र योङया (साक्थिम)ले जन्तरे मामालाई घरमै गएर रकम हस्तान्तरण गरेका थिए ।

नारायण गोपालको झल्को दिने स्वर भएका जन्तरे मामा पछिल्लो समय युटयुव लगायतका सामाजिक सञ्जालमा भाईरल बनिरहेका छन् । उनको स्वरमा ४ वटा गीत भिडियोसहित रेकर्ड भईसकेका छन भने अन्य गीतहरुको तयारी भईरहेको छ ।

छोटो समयमै चर्चित गायीका मेलिना राई, एलिना चौहान लगायतसँग युगल गीत रेकर्ड गराएका जन्तरे मामाको आर्थिक अवस्था कमजोर भएका समाचारहरु सार्वजनिक भएसँगै पाँचथर मञ्च हङकङले जन्तरे मामा घरनिर्माण आर्थिक संकलन अभियान शुरु गरेको थियो ।

उमेरको लगभग बुड्यौली अवस्थामा जन्तरे मामाले पाएको सफलता अचम्म लाग्दो छ । यो उमेरमा आएर उहाँको गायकीको पहिचान भएको छ, सपना पुरा भएको छ । उहाँको खुसीको साक्षी बन्दै आर्थिक सहयोगको अभियान थालेका थियौ । सवैको साथ र सहयोगले रकम हस्तान्तरण गर्न सफल भएकाले सवैलाई धन्यवाद ब्यक्त गर्दछु मंञ्चका पूर्व सचिव भुपेन्द्र बताउँछन् ।

मंञ्चका सल्लाहकार प्रताप कोयु राईको संयोजनमा आयोजना गरिएकोृ रकम हस्तान्तरण कार्यक्रममा जन्तरे मामाले सहयोगी सम्पुर्ण मनहरुप्रति धन्यवाद ब्यक्त गर्दै उपस्थितहरुलाई गीत सुनाएका थिए ।

 

Back to top button