रमाइलो जेसिसको अध्यक्ष पदमा भानु फुयल

कानेपोखरी ०४ स्थित पिनाकल बोर्डिङ स्कुल बयरवनमा सम्पन्न भएको रमाईलो जेसिसको तेश्रो साधारण सभा तथा शाखा अधिवेशबाट बर्ष २०२१ को अध्यक्ष पदमा भानु फुयल निर्वाचित भएका छन

कानेपोखरी / आज शनिबार मोरङ कानेपोखरी ०४ स्थित पिनाकल बोर्डिङ स्कुल बयरवनमा सम्पन्न भएको रमाईलो जेसिसको तेश्रो साधारण सभा तथा शाखा अधिवेशबाट बर्ष २०२१ को अध्यक्ष पदमा भानु फुयल निर्वाचित भएका छन। उनी सर्वसम्मत चयन भएका हुन ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा त्रिभुनाथ फुयल र सुनिल श्रेष्ठ चयन भए।

पथरी जेसिजको मातृत्वमा सन २०१८ मा स्थापना भएको रमाईलो जेसिजको शाखाको उपाध्यक्षमा मनोज अधिकारी,राजु मगर,बिवेक चुँडाल र केशव भण्डारी सर्वसम्मत चयन भएका हुन।त्यस्तै,सचिव पदमा होम बहादुर मगर चयन भएका छ्न।

कार्यक्रमा प्रमुख आतिथ्यता नेपाल जेसिज २०२० को राष्ट्रिय प्रकरण निर्देशक मनिष सुर्य मगरको प्रमुख रहेको थियो।

Back to top button