सरस्वती स्कुललाई रोटरी क्लब विराटनगरद्धारा स्वेटर प्रदान

क्बलले यस अघि पनि सो स्कूललाई १ सय ५० थान टाइ र बेल्ट वितरण गरेको थियो ।

कानेपोखरी / मोरङको कोनेपोखरी गाउँपालिका -०६ मुलगाउँमा स्थापित सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि जाडोमा लगाउने स्वेटर प्रदान गरिएको छ।

रोटरी क्बल अफ विराटनगर मिड टाउनले बिहिवार स्कूल परिसरमा एक औपचारिक कार्यक्रम गरि ५० थान स्वेटर विद्यार्थीहरूलाई वितरण गरेको हो । यस बर्षबाट अंग्रेजी माध्यममा पठनपाठन सुरू गरि अभिभावकको मन जित्न सफल भइरहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वेटर वितरण गरिएको रोटरी क्बल विराटनगर मिड टाउनका अध्यक्ष पुण्य भट्टराईले जानकारी दिए ।

क्बलले यस अघि पनि सो स्कूललाई १ सय ५० थान टाइ र बेल्ट वितरण गरेको थियो ।

कार्यक्रममा रोटरी क्बल विराटनगर मिडटाउनका पूर्व अध्यक्षहरू घनश्याम राठी, रामअवतार आग्रवाल, भौरव प्रसाद रिजाल, क्लबका भावी अध्यक्ष जयकमल अग्रवाल, क्लबका निर्देशकमा कुमार खतिवडा, स्कूलका प्रधानाध्यापक चन्द्र मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीलगायतको उपस्थितीमा विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा वितरण गरिएको थियो ।

Back to top button