पिताको स्मृतिमा प्रतिक्षालय भवन निर्माण

पितृहरुको सम्झनामा निमार्ण गरिएको सो मन्चलाई हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरि स्थानिय मातृभुमि समाज सेवा क्लबलाई हस्तान्तरण गरिएको छ ।

कानेपोखरी / मोरङको कानेपोखरीमा कटुवाल परिवारले आफ्ना बुवाको स्मृतिमा बनाएको प्रतिक्षालय भवन स्थानिय युवा क्लबलाई हिजो हस्तान्तरण गरेका छन ।

कानेपोखरी ४ स्थित खोरियाको खेल मैदानमा स्थानिय डम्बर बहादुर कटुवालका पिता स्व.सल बहादुर कटुवाल तथा समस्त कटुवाल परिवारका पितृहरुको सम्झनामा निमार्ण गरिएको सो मन्चलाई हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरि स्थानिय मातृभुमि समाज सेवा क्लबलाई हस्तान्तरण गरिएको छ ।

सुन्दर र आकर्षक डिजाइनमा करिब १ लाख ५३ हजारको लगानीमा निमार्ण गरिएको सो भवनलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले क्लबका अध्यक्ष लिला खतिवडालाई औपचारिकरुपमा हस्तान्तरण गरेका हुन ।मंन्च हस्तान्तरण कार्यक्रममा मन्चको अनावरण गर्दै स्थानिय स्तरमा पर्यटकीय स्थलकोरुप संभावना बोकेको खोरियामा मन्च निमार्ण गरेर कटुवाल परिवारले आन्तरिक पर्यटनलाइ प्रवद्धन गरेको काफ्लेले बताए ।

कार्यक्रममा स्थानिय समाजसेवी,राजनितिककर्मी तथा मार्तभुमि समाज सेवा क्लबका सदस्यहरुको बाक्लो उपस्तिथी रहेको थियो । २०७६ असोज २७ गते स्वर्गबास भएका आफ्ना पिता सल बहादुर कटुवालको सम्झनामा उनका छोराहरु डम्बर कटुवाल,खम्बर कटुवाल, पदम कटुवाल र यज्ञ कटुवालले आफ्नो निजी लगानीमा सो भवनको निर्माण गरेका हुन ।

Back to top button