हङकङमा यसरी मनाईयो टोपी दिवस

कोरोनाको संक्रमण तिव्ररुपमा बढेसँगै हङकङमा सामाजिक दूरि, मास्कको अनिवार्य प्रयोग लगायतका कोरोना संक्रमणविरुद्धका नियमहरुलाई अझ कडाई गरिएको छ ।

हङकङमा रहेका नेपालीहरुले पनि टोपी दिवसलाई विशेषरुपले मनाए । अंगे्रजी नयाँ बर्ष र टोपी दिवसको शुभकामना आदनप्रदानका लागि हङकङकै प्रमुख पर्यटकीय केन्द्र स्टारफेरीमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, ब्यवसायी र स्थानिय संञ्चारकर्मीहरु भेला भएका थिए ।

कोरोनाको संक्रमण तिव्ररुपमा बढेसँगै हङकङमा सामाजिक दूरि, मास्कको अनिवार्य प्रयोग लगायतका कोरोना संक्रमणविरुद्धका नियमहरुलाई अझ कडाई गरिएको छ ।

हामीले हङकङ सरकारको नियमलाई पालना गर्दै हाम्रो परम्परागत टोपीलाई दिवसकोरुपमा मनाउँनका लागि भेला भएका छौ । संख्यामा थोरै भएपनि प्रतिकात्मकरुपमा यसले संसारैभरि हाम्रो नेपालीको पहिचान टोपीको साख बढाउँने छ, कार्यक्रमका संयोजक कृष्ण पाण्डे बताउँछन् ।

संसारैभरिमा नेपालीहरुले प्रयोग गर्ने ढाका टोपी, भिन्न प्रकारको छ । टोपीको चुच्चो भागलाई नेपालीहरुको स्वाभिमान र सर्वोच्च शिखर सगरमाथाको प्रतिककोरुपमा मानिन्छ । हामीले अर्को पुस्तामा हाम्रो परम्परागत पहिरनलाई चिनाउँनका लागि पनि टोपी दिवसले सेतुको काम गरिरहेको कानुन ब्यवसायी ईन्द्र वनेम र लवकुमार गुरुङ बताउँछन् ।

ग्रैह्आवाशिय नेपाली संघ हङकङका महासचिव गोकर्ण ढकाल भन्छन् पछिल्लो समय नेपाली ढाका टोपीलाई अन्तराष्टियकरण गर्नेका लागि आयात निर्यात समेत गर्न थालिएको छ । हाम्रो साझा पहिचानको लागि नेपाली ढाका टोपीको सम्र्वद्धन र संरक्षण गर्न आवश्यक छ ।

लामो समय हङकङलाई कर्मभूमि बनाएका समाजसेवी बसन्त श्रीनेतको आफ्नै तर्क छ । उनी भन्छन् जब म दौरा सुरुवाल र ढाका टोपीमा सजिन्छु आफ्नो देश र परम्पराप्रति गौरव महशुस हुन्छ । हङकङमा पनि विगत तीन बर्षदेखी टोपी दिवस मनाउँन थालिएको छ । टोपी लगाउँन बानी नहुनेहरुले पनि आफ्नो देशको पहिचानबारे बुझ्ने अवसर पाउँनु भएको छ ।

Back to top button