माघ ३ बाट प्रथम मंगलबारे-शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

प्रथम हुने टिमले ५१ हजार राशी प्राप्त गर्ने बताए। उनले दोश्रो हुने टिमले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए।

कानेपोखरी / मोरङको पथरी शनिश्चरे -०८ मा स्थापित मंगलबारे-शुक्रबारे फुटबल क्लबको आयोजनामा प्रथम मंगलबारे-शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

यसै क्लबका अध्यक्ष कमल लावतीका अनुसार यस प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार राशी प्राप्त गर्ने बताए। उनले दोश्रो हुने टिमले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए।साथै, विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडी र टिमलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने जनाए।

यहि माघ ३ गतेदेखी १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको अनुमानित लागत रु २ लाख ५० हजार हुने अनुमान गरिएको छ।सोमध्ये ५० हजार वडाले प्रदान गरेको छ भने अन्य रकम स्थानीय र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम जारी रहेको छ् ।

प्रतियोगितमा स्थानीय क्लबसहित धरान, मधुमल्ला, बेलबारी , इटहरी, झापालगायतका समूहगरि ८ समूहले भाग लिएका छन् ।खेल पथरी शनिश्चरे ८ मंगलबारे दक्षिण समाल डाँडाको खेलमैदानमा हुने छ।

Back to top button