प्रमिलाको स्वरमा ओम र मेरीनाको रोमान्स

गाउँघरका युवा जोडी, उनीहरुबीचको मौन प्रेम र संगम नै भिडियोको थिम रहेको संगितकार तथा भिडियोको निर्देशक मविन्द्र राई बताउँछन् ।

ओ साईला त्यो ढाका टोपीमा, म फसे तिम्रो बोलीमा”
पहिलो नेपाल आईडल टप ७ प्रमिला राईको स्वर रहेको गीत सार्वजनिक भएको छ । हङकङलाई कर्मथलो बनाएका मज्जाको राईको मौलिक शब्द, मबिन्द्र राईको संगित र महाराज थापाको एरेन्जमा तयार गीत भिडियोसहित सार्वजनिक गरिएको हो ।

पूर्वको शुन्दर पहाडी लोकेशन धरान, तमोर, तेह्रथुम लगायतका ठाउँहरुमा भिडियो खिचिएको छ ।

गाउँघरका युवा जोडी, उनीहरुबीचको मौन प्रेम र संगम नै भिडियोको थिम रहेको संगितकार तथा भिडियोको निर्देशक मविन्द्र राई बताउँछन् ।

शब्दलाई दृश्यमा समायोजन गर्नैका लागि भिडियोलाई नेपालको पूर्वी क्षेत्र रोजिएको हो । फोटो, भिडियो पत्रकारिताको लामो अभ्यासपछि नेपाली संगितमा ठेट पूर्वेली भाकाको ईटा थप्ने प्रयास गरेका छौ रचनाकार मज्जाको राई भन्छन् दर्शकहरुले अवश्य मन पराउँनुहुनेछ ।

भिडियोमा हङकङको नेपाली समाजमा चर्चित मोडल ओम गुरुङलाई मेरीना राईले साथ दिएकी छिन् । देवराज ढकालको कोरियाग्राफी, दर्जनबढी डान्सरहरुको एकसाथ प्रस्तुतीलाई किवाहाङ् राई लगायतको टिमले खिचेका हुन् ।

सार्वजनिक भिडियोलाई मज्जाको भिडियो युटुव मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् ।।

Back to top button