माघ १० बाट कानेपोखरी ७ मा प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने

प्रतियोगितामा प्रथम र दोश्रो हुने फुटबल टिमलाइ क्रमशः ५१ हजार र ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष अमृत चेम्जोङले जानकारी दिए ।

कानेपोखरी / मोरङको कानेपोखरीमा मितेरी युवा क्लबको आयोजनामा आगामी माघ १० बाट प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी माघ १० गतेबाट माघ २५ गते सम्म संचालन हुने मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगितामा १ नं प्रदेश भित्रका १६ ओटा फुटबल टिमको सहभागिता रहने आयोजक समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो।

३ लाख ७७ हजार धनराशी रहेको सो फुटबल प्रतियोगितामा प्रथम र दोश्रो हुने फुटबल टिमलाइ क्रमशः ५१ हजार र ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष अमृत चेम्जोङले जानकारी दिए ।

कानेपोखरी ७ स्थित जनकल्याण मा.वि को खेलमैदानमा सम्पन्न हुने फुटबल प्रतियोगितामा म्यान अफ द म्याच,म्यान अफ द सिरिज,सर्वाधिक गोल कर्ता खेलाडी,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोल किपर, उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट स्ट्राइकर लगायतका बिधामा पुरस्कार वितरण गरिने आयोजक समितिका सचिव अनिल परियारले सुनाए ।

फुटबल प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४ लाख ८० हजार बराबरको खर्च हुने बताउदै आर्थिक संकलन लगायतका अन्य प्राविधिक पक्षहरुको तयारी भइरहेको आयोजक समितिले बताएको हो।

Back to top button