सुर्योदय प्राविका विद्यार्थीलाई न्यानो कपडा प्रदान

भुतपुर्व विद्यार्थी तथा अन्य सहयोगी दाताहरुको आर्थिक सहयोगबाट संकलित रकमबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक, ज्याकेट, टोपी, जुत्ता र अन्य शैक्षिक तथा खेल समाग्री वितरण गरिएको

कानेपोखरी / मोरङको कानेपोखरी ४ स्थित सुर्योदय प्रावी हात्तिडुब्बाका भुतपुर्व विद्यार्थीहरुले हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा प्रदान गरेका छन ।

विद्यालयका भुतपुर्व विद्यार्थी एवम स्थानिय संचारकर्मीहरुको जनक ढकाल ,भोला भट्टराई र अनिल रिजालको विशेष पहलमा न्यानो लुगा वितरण अभियानबाट संकलित रकमबाट न्यानो कपडा प्रदान गरिएको हो ।

भुतपुर्व विद्यार्थी तथा अन्य सहयोगी दाताहरुको आर्थिक सहयोगबाट संकलित रकमबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याक, ज्याकेट, टोपी, जुत्ता र अन्य शैक्षिक तथा खेल समाग्री वितरण गरिएको अभियानका एक जना सदस्य तथा पुर्ब विद्यार्थी अनिल रिजालले बताए। हिजो विद्यालयको प्राङ्गणमा आयोजना गरिएको न्यानो लुगा वितरण कार्यक्रममा दाताहरुले प्रदान सहयोग रकम ६३ हजार ३ सय मध्यबाट ३५ हजार ३ सय ६५ रुपैयाँको न्यानो लुगा, तथा शैक्षिक समाग्री खरिद गरिएको र बाकी २७ हजार ९ सय ३५ रुपैयाँ बचत रहेको आम्दानी तथा खर्चको विवरण सार्वजानिक गर्दै अभियानका अर्का एकजना अभियान्ता भोला भट्टराइले सुनाए । बाकी रहेको रकम विद्यालयकै विद्यार्थीहरुको हितका लागि प्रयोग गरिने उनले सुनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाराम अधिकारीले सो विद्यालयमा कुनै समयमा ४२० जना विद्यार्थीहरु रहेको स्मरण गर्दै हाल २५ जना विद्यार्थीमा सिमित रहेको दुखेसो सुनाउदै आगामी दिनहरुमा भर्ना अभियान तथा विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी ढंगबाट तिब्रताका साथ अघि बढाएर पुन पहिलाकै तुलनामा विद्यार्थी संख्या पुर्याउने बताए ।

भुतपुर्व शिक्षक नहकुल भट्टराई, विद्यालय व्यवस्थापन समितिका भुतपुर्व अध्यक्ष इश्वरी बस्नेत तथा विद्यालयका भुतपुर्व बिद्यार्थी नगेन्द्र बस्नेत लगायतले अभियानको प्रशंशा गर्दै शुभकामना व्यक्त गरेका थिए । हाल सो विद्यालयका अति बिपन्न परिवारका २५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गंगाराम अधिकारीले बताए ।

Back to top button