दुुवै मृगौला र क्यान्सर पीडितलाई हङकङ समाजको ठुलो आर्थिक सहयोग

हङकङ समाजले आइतबार रोग पीडितको घरघर गई प्रत्येक जनालाई ३३ हजारको दरले रकम हस्तान्तरण गरेको हो ।

एचके ट्युव नेपाल / बयरवन कानेपोखरी गाउँपालिका हङकङ समाज हङकङले गाउँपालिका क्षेत्र भित्रका दुई जना दुवै मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

थप उपचारको सहयोग पुगोस भनेर हङकङ समाजले आइतबार रोग पीडितको घरघर गई प्रत्येक जनालाई ३३ हजारको दरले रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा कानेपोखरी गाउँपालिका हङकङ समाजका अध्यक्ष देवनन्द गुरुङ र सचिव अनोज रोक्काले रकम हस्तान्तर गरेका थिए ।

दुवै मृगौला पीडित कानेपोखरी–६ की ४५ बर्षीय फुलमाया तामाङलाई थप उपचारको लागि ३३ हजार रकम हस्तान्तर गरेको छ । त्यसैगरी प्यारालाईसिस तथा दुवै मृगौला पीडित कानेपोखरी –३ की ३८ बर्षिय सरु लिम्बूको पनि थप उपचारको लागि ३३ हजार र घाटीको क्यान्सर पीडित कानेपोखरी–७ का ६२ बर्षिय प्रमेबहादुर गुरुङको उपचारमा सहयोगको लागि ३३ हजार रकम समाजका अध्यक्ष देवनन्द गुरुङ र सचिव अनोज रोक्काले रकम हस्तान्तर गरेका थिए । दुवै मृगौला पीडित पत्नी फुलमाया तामाङलाई ४६ वर्षीय भीमबहादुर तामाङले हप्तामा दुई पटक डायलोसिस गर्न साइकल मै बोकेर घरबाट ४३ किलोमिटर टाढा बिराटनगर सम्म पु¥याउँने र ल्याउने काम गरेको समाचारहरु सामाजिक सञ्जालमा आएपछि सहयोग जुट्ने क्रम बढेको थियो ।

सोमबार र बिहीबार डायलोसिस गर्ने पालो राखेका छन् । दुबै मिर्गौला काम नलाग्ने भएपछि २० महिना यता फूलमाया विराटनगरको गोल्डेल अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।

त्यसैगरी सरु लिम्बु एक बर्ष अघि देखि विरामी छन् । सामान्य विरामी देखि क्रमश विरामी जटिल बन्दै गएपछि पछिल्लो समयमा प्यारालाईसिस भएपछि लिम्बुको मृगौलामा समस्या आएको छिमेकी शैलेन्द्र थोक्लेनले बताए । दुईजनाको छोरीकी आमा समेत रहेकी सरुलाई अहिले उनका परिवारले उपचार गराई रहेको छन् ।

घाँटीको क्यान्सर पीडित ६२ बर्षिय प्रमेबहादुर गुरुङको भक्तपुर क्यान्सर अस्पतालमा ९ महिना अघिदेखि उचार भैरहेको छ । १ कट्टा १७ धुरमा साढें ४ लाखमा १० धुर जग्गा बेचेर उपचारको लागि काठ्माडौं हिडेका गुरुङलाई उपचारमा रकमको अभाव भएको छ । रकमको अभाव भएपछि स्थानीयहरुले रकम संकलन गरी पटक पटक खर्च पठाई दिएको स्थानीय यशोधा राई बताउँछन् ।

डाक्टरले उपचार संम्भव हुने बताए पछि निको हुने आशा जागेको गुरुङको परिवारले जनाएको छ ।

सहयोग वितरण कार्यक्रमको भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।

Back to top button