जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

एलाेज धिमालकाे ४ औ जन्मदिनकाे अवसर पारी शुक्रबार एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

कानेपोखरी / मोरङ कानेपाेखरी गाउँपालिका वडा नम्बर ०५ निवासी समाजसेवि एवम् चेतना मेडिकलका प्रबन्ध निर्देशक प्रकाश धिमाल र अनिता धिमालको छाेरा एलाेज धिमालकाे ४ औ जन्मदिनकाे अवसर पारी शुक्रबार एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

कानेपाेखरी-०५ मा अवस्थित श्री माध्यमिक विद्यालय भाैसावारीमा अध्ययन गर्ने कक्षा नर्सरीका १३ जना बालबालिकाहरुलाई ५ का दरले कपि,१-१ थानका दरले ब्याग,स्वेटरसहित अन्य शैक्षिक सामग्री प्रदान गरिएको हो।

बालबालिकाहरुकाे उज्वल भविष्यको कामना सहित अध्ययनमा हाैसला मिलाेस भनेर उद्देश्यका साथ सो सामग्री वितरण गरिएको एलोजका पिता प्रकाश धिमालले बताए। विद्यालयका प्राङ्गणमा भएकाे एक औपचारीक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु राईकाे अध्यक्षता, नेकपा प्रदेश नम्बर १ कमिटी सदस्य तथा केराैन गाविस पुर्वअध्यक्ष इन्द्र सुब्बाकाे प्रमुख अतिथ्यतासहित रत्नि धिमाल ,शुसिला धिमाल,चन्द्री धिमाल लगायत शिक्षक,शिक्षिका विद्यार्थीहरुका बिच जन्मदिनकाे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

काेराेनाकाे कारणले विद्यालयमा सम्पुर्ण विद्यार्थीहरु उपस्थित नभएकाेले सो सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु राईलाई हस्तान्तरण गरिएको थियो।विद्यार्थीहरु स्कुल आउँन थालेपछी सो हस्तान्तरित सामग्री विद्यार्थीलाई दिने राईले बताए।

Back to top button