मिर्गौला पिडित निरुलाई आर्थिक सहयोग जुट्दै

वै मिर्गौला फेल भएकी निरु परियारलाई आर्थिक सहयोग जुट्ने क्रम अघि बढेको छ।

कानेपोखरी / कानेपोखरी गाउँपालिका-०२ पाँचपोखरी निवासी दुवै मिर्गौला फेल भएकी निरु परियारलाई आर्थिक सहयोग जुट्ने क्रम अघि बढेको छ।

हाल निरन्तर डायलासिस गराउदै आएकी निरुलाई आर्थिक समस्या भएपछि स्थानिय केही संचारमाध्यमहरुले आर्थिक सहयोगको अपिलबारे समाचार सम्प्रेषण गरेका थिए। सोहि अनुरुप बुधबार स्थानीय सञ्चारकर्मीहरु भोला भट्टराई,सनम रोक्का,सन्तोष राई र उज्ज्वल भविष्य बाल क्लब कानेपोखरी ०६ रमाइलोको पहलबाट संकलित ३३ हजार ६ सय ६ रुपैयाँ परियारको घरमा एक कार्यक्रमको आयोजना हस्तान्तरण गरिएको छ साथै क्यानाडामा बसोबास गर्दै आएका कानेपोखरी ४ का रेवती प्रसाद रिजाल (दिपक) ले ५००० आर्थिक सहयोग गरेका हुन ।

गत शनिबार भोला भट्टराई र सनम रोक्काद्वारा संकलित ९ हजार ६ सय ५ रुपैयाँ बिरामीका देवरलाई निरुको डायलासिस गराउन जाने क्रममा तुरुन्तै आवश्यक परेको हुनाले बाटोमै भेटेर सो रकम दिइएको थियो। विभिन्न माध्यमबाट संकलित रकम बुधबार हस्तान्तरण गर्दै अन्य सहयोगी मनहरुहरुलाई पनि यस सत्कर्ममा जोडिनहुन अनुरोध गरे।साथै उनले अहिले पनि विभिन्न माध्यमबाट सहयोगीहरु जोडिरहनु भएको जानकारी दिए।

सहयोग रकम लिदै बिरामी परियारले चाडैं स्वास्थ्य लाभ लिने हौसला मिलेको बताइन। थप उपचारका लागि अझ केही खर्च आवश्यक परेको हुनाले सहयोगको लागि बिरामीको देवर दिनेश दर्जीको ९८११०८५१२५, आमाजु दिदी लक्ष्मीदेवि नेपालको ९८१७३८१३३२,भान्जा मनिष नेपालको मोबाइल नम्बर ९८१४३०६०६४ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ र

एन आइसी एसिया बैंकमा बिरामीको बुवा केशवबहादुर दर्जीको खाता नम्बर : D ३८५९८७५११८५२४०१ मा र आमाजु दिदी लक्ष्मीदेवि नेपालको एन आइसी एसिया बैंकको खाता नम्बर: D३८७७३५०२७५२४००१ मा सहयोग गर्न अपिल गरिएको छ।

Back to top button