सवारी दुर्घटनामा परि कानेपोखरीमा एक युवकको मृत्यु

कानेपाेखरी ७ का माेटर साईकल चालक २८ बर्षिय शम्भु लिम्बुकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

कानेपोखरी / माेरङकाे कानेपाेखरीमा हिजो भएकाे सडक दुर्घटनामा परि एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

कानेपाेखरी ६ स्थित मन्त्री चाैकमा काे २८ प ८९६७ नं काे माेटर साईकललाई काे २ त ८५६ नं ट्याक्टरले ठक्कर दिदा कानेपाेखरी ७ का माेटर साईकल चालक २८ बर्षिय शम्भु लिम्बुकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

कानेपाेखीकाे भित्री सडकमा सिमेन्ट लाेड गरेर गुडी रहेकाे ट्याक्टरलाई माेटर साईकलले अाेभरटेक गर्ने क्रममा दुर्घटना भएकाे माेरङ प्रहरीले जनाएकाे छ । ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्लय पथरीले नियन्त्रणमा लिएकाे जनाईएकाे छ ।

Back to top button