किराँत याक्थुङ चुम्लुङ जापानबाट मुलुकसिंहलाई ३८ हजार ४ सय ६० रुपैयाँ सहयोग

जापान शाखाले प्यारालाइसिस बिरामीलाई ३८ हजार ४ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कानेपोखरी / किराँत याक्थुम चुम्लुङ जापान शाखाले प्यारालाइसिस बिरामीलाई ३८ हजार ४ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कानेपोखरी गाउँपालिका वडा नम्बर ४ सुनिल मार्ग निवासी प्यारालाइसिसको समस्याबाट ग्रसित भएका मुलुकसिंह लिम्बूलाई सो रकम बिहिवार हस्तान्तरण गरिएको हो।सो हस्तान्तरण कार्यक्रममा किराँत याक्थुङ मोरङ जिल्ला अध्यक्ष बिवेक लिम्बु,चुम्लुङ समुदायलाई स्थानीय स्तरमा स्थापित गराउने अभियान्ता ईन्द्र सुब्बा, किराँत याक्थुङ चुम्लुङ मोरङ जिल्ला कमिटी पुर्व सचिव जयराज संयोक लिम्बु, समाजसेवीहरु भुपेन्द्र सुब्बा,सन्तोष फुयल,सन्जिव लिम्बुलगायत स्थानीयको उपस्थिति रहेको थियो।

रकम इन्द्र सुब्बा र जयराज संयोक लिम्बुले बिरामी र उनका श्रीमती लिलामायालाई हस्तान्तरण गरेका थिए।

किरात याक्थुङ चुम्लुङ जापान शाखामा आवद्ध रहेका नेपालीहरुबाट सहयोग संकलन गरी किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा मोरङको खातामा रकम पठाइएको थियो । केही महिना अघिदेखि प्यारालाइसिसबाट ग्रसित भएका उनलाई यसअगाडी पनि १ लाख १६ हजार राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष भिम लिम्बूको मुख्य पहल र स्थानिय स्तरमा समाजसेवीहरु मनोजकुमार राजवंशी,भुपेन्द्र सुब्बालगायतको विशेष सहयोगबाट संकलित रकम प्रदान गरिसकीएको छ।

सो रकमले बिरामीलाई भारतको खरैया लगि उपचार गर्दा हाल स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको छ।

बिरामीको श्रीमती लिलामायाले प्राप्त रकम लिदै सहयोगी व्यक्तीहरुलाई धन्यवाद दिइन।साथै सो रकम उपचारमा खर्च गर्ने पनि बताइन।साथै उनले अब श्रीमान पुर्णरुपमा निको हुने आशा रहेको पनि सुनाइन्।

Back to top button