मुलुकसिंहलाई संकलित रकम हस्तान्तरण

हाल मुलुकसिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

कानेपोखरी / कानेपोखरी गाउँपालिका ४ सुनिल मार्ग निवासी प्यारालाइसिसका बिरामी मुलुकसिंह लिम्बूलाई मुलुकसिंह बचाउ अभियान अन्तर्गत संकलित रकम शनिबार हस्तान्तरण गरिएको छ।

सोही समस्यालाई मध्यनजर गर्दै कानेपोखरी ४ खोरिया स्थाई निवासी हाल साउदी अरबलाई कार्य क्षेत्र बनाइरहनु भएका राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष भिम लिम्बूको मुख्य पहलमा अध्यक्ष सिमान्त लोक जोगि,सचिब डुबिन्द्र न्यौपानेलगायतले विभिन्न संघसंस्था,सहयोगी व्यक्तीहरुमार्फत र स्थानिय स्तरमा समाजसेवीहरु मनोजकुमार राजवंशी,भुपेन्द्र सुब्बालगायतको पहलबाट १ लाख १६ हजार संकलन भएको थियो।सो रकममध्ये ३४ हजार ५ सय रुपैयाँ बिरामीको उपचार गर्ने क्रममा प्रदान गरिएको थियो।शनिबार ८१ हजार ५ सय नगद रुपैयाँ बिरामी र उनका श्रीमतिलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा पालिका उपप्रमुख राजमती इङ्नाम,वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई,समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा,आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी,नेकपा मोरङ जिल्ला सदस्य,कानेपोखरी पार्टी सचिब एवम राजबंशी,समाजसेवी एवम् ,पालिका युवा तथा खेलकुद उपप्रमुख भुपेन्द्रकुमार सुब्बा,स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारी,समाजसेवी उदिप लिम्बू,गौरव दाहाल,राम खड्कालगायत स्थानियको उपस्तिथि रहेको थियो।सोही कार्यक्रममा बोल्दै उपप्रमुख इङ्नाम आर्थिक सहयोग संकलन जुटाउनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै पालिकाबाट पनि केही आर्थिक रकम छुट्टीएको र चाडैं प्रदान गरिने बताइन।

बिरामीको श्रीमती लिलामायाले प्राप्त रकम लिदै सहयोगी व्यक्तीहरुलाई धन्यवाद दिइन।साथै सो रकम उपचारमा खर्च गर्ने पनि बताइन। हाल मुलुकसिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

Back to top button