क्रान्ति सुब्बाको निर्माणमा ‘मन पराउँछु माया गर्छु’को म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

क्रान्ति सुब्बाले पुराना गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरेका थिए ।

धरान, कात्तिक २२ ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाको निर्माण तथा पूर्वेली गायिका सरिता राईको स्वर रहेको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

धरानस्थित नेपाल पत्रकार महासंघ, सुनसरीको सभाहलमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा प्रेम र रोदनलाई कलात्मक रुपमा समेटन खोजिएको छ भने आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई समेत समेटिएको पाईन्छ ।

शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बु राईले सम्पादन तथा निर्देशन गरेको भिडियोमा गायिका सरिता राई, कृष्णकुमार राई र सविना लिम्बूले अभिनय गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, गायक गंगा बरदान, मिना श्रेष्ठ लगायतले म्यूजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा हाल हङकङकमा रहेका निर्माता क्रान्ति सुब्बाले पुराना गायक गंगा बरदानलाई १० हजार रूपैयाँ सहयोग गरेका थिए । “नवप्रतिभाको संरक्षण, प्रवर्द्धन हाम्रो अभियान” भन्ने उदेश्यले गीतको म्यूजिक भिडियोको निर्माण गरिएका निर्माता हङकङभित्रका लेखक क्रान्ति सुब्बाले जानकारी गराउनुभयो ।

हेर्नुहोस भिडियो ।।

Back to top button