चौथो दिनको खेलमा आइतबारे र पिपलडाँडा फुटबल क्लब विजयी

कानेपोखरी / कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको आज चौथो दिन दुई वटा खेल भएका छ्न।

आइतबारे फुटबल क्लब र चुलाचुली फुटबल क्लब दमक ३ बिच भएको पहिलो खेलमा २-० गोल अन्तरले आइतबारे फुटबल क्लब विजयी भएको छ।दुवै गोल पहिलो हाफमा भएका थिए। त्यस्तै,दोश्रो खेल अन्तर्गत बाम चोक फुटबल क्लब कानेपोखरी ६ र पिपलडाँडा फुटबल क्लब बिच भएको खेलको निर्धारित समयवधीमा दुवै टिमबाट १-१ गोल भयो।त्यसपछि खेलको निर्णय लिन ट्राईब्रेकर गरिएपनि नतिजा बराबरी भएपछी सिक्का पल्टाउँदा पिपलडाँडा फुटबल क्लब बिजयी भएको हो।

खेल हरेक दिनको १ बजेबाट सुरु हुन्छ।भोलीको खेल अन्तर्गत पहिलो खेलमा हाइवे फुटबल क्लब र हिमाल फुटबल क्लब भिड्ने छ्न भने दोश्रो खेल अन्तर्गत सुनाखरी फुटबल क्लब र मंगलबारे फुटबल क्लबका बिच प्रतिस्पर्धा हुने छ।

Back to top button