तेस्रो दिनको खेलमा द रियल ब्रदर्श र बुढासुब्बा फुटबल क्लब विजयी

दोश्रो खेल अन्तर्गत सुनाखरी फुटबल क्लब र मंगलबारे फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ।

कानेपोखरी / कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको आज तेस्रो दिन दुई वटा खेल भएका छ्न।

द रियल ब्रदर्श फुटबल क्लब र चिसाङ फुटबल क्लब बिच भएको पहिलो खेलमा ३-० गोल अन्तरले द रियल ब्रदर्श फुटबल क्लब विजयी भएको छ। त्यस्तै,दोश्रो खेल अन्तर्गत बुढासुब्बा फुटबल क्लब र प्रोगेशिप फुटबल क्लब बिच भएको खेलमा २-० गोलको अग्रता सहित बुढासुब्बा फुटबल क्लब बिजयी भएको छ।

खेल हरेक दिनको १ बजेबाट सुरु हुन्छ।भोलीको खेल अन्तर्गत पहिलो खेलमा आइतबारे फुटबल क्लब र चुलाचुली फुटबल क्लब भिड्ने छ्न भने दोश्रो खेल अन्तर्गत सुनाखरी फुटबल क्लब र मंगलबारे फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ।

Back to top button