दोश्रो दिनको खेलमा शिवालय र भाउन्ने फुटबल क्लब विजयी

दोश्रो खेल अन्तर्गत पप्रोगेशिप फुटबल क्लब र बुढा सुब्बा फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ।

कानेपोखरी / कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको आज दोश्रो दिन दुई वटा खेल भएका छ्न।

शिवालय फुटबल क्लब कानेपोखरी ६ र लालभित्ती फुटबल क्लब बिच भएको पहिलो खेलमा ३-० गोल अन्तरले शिवालय फुटबल क्लब विजयी भएको छ।

निर्धारित खेलको १५,४० र ४५ औ मिनेटमा शिवालयका लागि सुशील नाल्वोले ह्याट्रीक गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन। त्यस्तै,दोश्रो खेल अन्तर्गत भाउन्ने फुटबल क्लब र विशाल फुटबल क्लब बिच भएको खेलमा ३-० गोलको अग्रता सहित भाउन्ने फुटबल क्लब बिजयी भएको छ। खेलको १९ र ४६ औ मिनेटमा सबिन राईले र ३५ औ मिनेटमा बिक्रम तामाङले आफ्नो टिमका लागि गोल गरेका थिए। खेल हरेक दिनको १ बजेबाट सुरु हुन्छ।

भोलीको खेल अन्तर्गत पहिलो खेलमा द रियल ब्रदस फुटबल क्लब र चिसाङ फुटबल क्लब भिड्ने छ्न भने दोश्रो खेल अन्तर्गत पप्रोगेशिप फुटबल क्लब र बुढा सुब्बा फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ।

Back to top button