पि एल टिभीबाट छोटो नेपाली चलचित्र ”कहर” सार्वजानिक(भिडियोसहित)

चलचित्र समसामयिक बिषय आधारितमा बनेको र भरपुर सन्देश मुलक चलचित्र रहेको निर्माण पक्षले बताएको छ ।

पथरी शनिश्चरे / विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड- १९ संग सम्बन्धित रहेर छोटो नेपाली चलचित्र ”कहर” पि एल टिभी एचडीको अफिसियल यूट्युब च्यानलम मार्फत सार्वजनिक गरिएको छ।

कोरोना भाइरका कारण विश्वभरका चलचित्र प्रभावित हुँदा नेपाली चलचित्र पनि यसबाट अछुत रहन सकेन । जसले चलचित्र, चलचित्रकर्मी, निर्देशक, निर्माता, हल सञ्चालक, चलचित्र वितरक लगायतलाई धेरै नै असर पारेको छ । नेपाली चलचित्र क्षेत्र विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासमा छ ।

अहिलेको स्तिथिमा हेर्दा फिल्म बनाउन निकै जोखिमपूर्ण कुरा हो तर पनि समयको माग र कोभिड-१९ कोरोना भाईरस सचेतनाको लागि छोटो चलचित्र निर्माण गरिएको निर्देशक अनुप योञ्जन बताउछन । चलचित्र समसामयिक बिषय आधारितमा बनेको र भरपुर सन्देश मुलक चलचित्र रहेको निर्माण पक्षले बताएको छ । यो चलचित्र निर्माण गर्नुको प्रमुख उद्देश्य भनेको कोरोना भाइरसका कारण विश्वभरका मानिषहरु त्रसित भै रहेको अवस्थामा कोरोना बाट बच्नका लागि समुदायमा के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने बिषय मा आधारित रहेर समाजमा जनचेतना फैल्याउनु मुख्य उदेश्य रहेको छ ।

यस चलचित्रमा सुमन बिक, अभिशेक मगर, प्रदिप कुमार राइ, राम कुमार राई र संगम लामा मुख्य भूमिकामा रहेका छन् भने लेखन तथा निर्देशक अनुप योञ्जन तामाङ्को रहेको छ लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउन खुकुलो भएसङै केही चलचित्र कर्मिहरु जुर्मुराउन थालेको निर्देशक योन्जन बताउनु हुन्छ।

साथै चलचित्रमा मुख्य भूमिका खेल्न अवसर दिएकोमा कलाकार सुमन बिकले चलचित्र टिमलाई धन्यवाद समेत व्यक्त गरेका छन।

पिस ल्याम्प इन्टरटेन्मेन्ट प्राली तथा पिएल टिभि एच डिको ब्यानरमा तयार भएको चलचित्रलाई अनुप योञ्जनले निर्माण गरेका हुन भने चलचित्रमा छायांकन र सम्पादन उज्वल बल तामाङको रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् । 

Back to top button