राजेश पायलको स्वरमा ‘अतीत सम्झी …’सार्वजनिक (भिडियो सहित)

राजेश पायल राईको आवाजमा ‘अतित सम्झी…’ बोलको गजल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

पथरी शनिश्चरे / नेपाली सांगितिक क्षेत्रका अत्याधिक रुचाईएका राई इज किङ नामले पनि परिचित गायक राजेश पायल राईको आवाजमा ‘अतित सम्झी…’ बोलको गजल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

प्रेमिकाले मायामा धोका दिएर अर्कोसँग विवाह गरेको तथा प्रेमिकाको सिउँदोमा सिन्दुर हाल्दै गरेको दृश्य देख्दाको पीडालाई गीतको शब्दमा समेटिएको छ । हाल कर्मथलो अमेरिकालाई बनाउदै आउनुभएका रोस्मन राईको युट्युब च्यानल भिडियो नेपाल टिभीबाट सो भिडियो सार्वजनिक भएको हो ।

राजेश पायल राईले धेरै वर्षपछि गजल गीत गाएका हुन् । उनेले गीत रेकर्डिङको समयमा आफ्नो अफिसियल फेसबुक मार्फत् प्रत्यक्ष प्रसारणमा भनेका छन्– ‘धेरै वर्ष पछि मेरो आवाजमा गजल गीत रेकर्ड गर्ने अवसर मिल्यो । शब्द साह्रै मन छुने छ । आशा छ यसलाई हजुरहरुले मायाँ गर्नुहुनेछ ।’

गजल गीतमा देव गुरुङको संगीत, मोहन सापकोटा शब्द, नर्बु सेर्पाको एरेन्ज, मित्र लामाले रेकर्डिङ/मिक्सीङ/मास्टरीङ गरेका छन् । संगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतलाई भूपेन्द्र लिम्बुले छायांकन र अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।

Back to top button