मुलुकसिंहलाई आर्थिक सहयोग

कानेपोखरी ३ हरकपुर स्थायी निवासी हाल अमेरिकालाई कार्यक्षेत्र बनाइरहनु भएका सागर थापाले १५ हजार आर्थिक सहयोग गरेका छ्न।

कानेपोखरी / कानेपोखरी गाउँपालिका वडा नम्बर ४ सुनिल मार्ग निवासी वृद्ध मुलुकसिंह लिम्बूको लागि अर्को सहयोग जुटेको छ।

प्यारालाइसिस रोगबाट पिडित भएर आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकेपछी करिब ६ महिनादेखी ओछ्यानमै थला परेका थिए।सो जानकारी स्थानीय भुपेन्द्रकुमार सुब्बाले गराएपछि केही अनलाइनहरुमा सहयोग अपिलका समाचार प्रकाशित भएका थिए। सोही समाचार देखेर कानेपोखरी ३ हरकपुर स्थायी निवासी हाल अमेरिकालाई कार्यक्षेत्र बनाइरहनु भएका सागर थापाले १५ हजार आर्थिक सहयोग गरेका छ्न।

दाता सागर थापा
दाता सागर थापा

लामो समयदेखी सामाजिक कार्यमा निरन्तर लागि परिरहेको थापाले सो सहयोग गरेका हुन।आर्थिक अभावका कारण समस्यामा परेकालाई सहायता गर्न पाउँदा सन्तुष्टि मिल्ने उनले बताए।

आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने उनले भने। राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष भिम लिम्बूको मुख्य पहलमा अध्यक्ष सिमान्त लोक जोगि,सचिब डुबिन्द्र न्यौपानेलगायतले विभिन्न संघसंस्था,सहयोगी व्यक्तीहरुमार्फत र स्थानिय स्तरमा समाजसेवीहरु मनोजकुमार राजवंशी,भुपेन्द्र सुब्बालगायतको पहलबाट करिब १ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भइसकेको छ।

करिब २ हप्ता अघि मुलुक सिंह लिम्बूलाई उपचारको लागि भारतको खरैया लगिएको थियो।सो पश्चात् बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

Back to top button