फाइनलमा सिरसिया फुटबल क्लब विजयी

विजेता टिमलाई नगद १५ हजार र उपविजेतालाई १० हजार रुपैयाँ,ट्रफी,मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कानेपोखरी / नेपाल संन्थाल आदिवासी उत्थान संघ कानेपाेखरी १ होक्लाबारी विसनपुरले बडादशैं,शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा कार्तिक २ गतेबाट चिसाङ्काे खेलमैदानमा आयोजना गरेको नक आउट फुटबल प्रतियाेगिताको फाइनल खेलमा सिरसिया फुटबल क्लब विजयी भएको छ।

हिजो भएकाे फाईनल खेल सिरसिया फुटबल क्लब र खादिगाउँ फुटबल क्लबविच भएकाे खेलमा सिरसिया फुटबल क्लब १-० गोल अन्तरले विजयी भएकाे छ।

विजेता टिमलाई नगद १५ हजार र उपविजेतालाई १० हजार रुपैयाँ,ट्रफी,मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो।समापन खेलसंगै औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश कमिटी सदस्य एवम् पुर्व केरौन गाबिस अध्यक्ष इन्द्र सुब्बा,संन्थाल आदिवासी उत्थान संघ कानेपाेखरीका अध्यक्ष रावण मरण्डीले विजेता र विशिष्ट अतिथी अविनाष मंण्डलले उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए।

कानेपाेखरी गाउँपालिका छैठाै अधिकृत गाेविन्द फुयल, कानेपाेखरी गाउँपालिका स्वास्थ्य संयाेजक राेहिन्द्रकुमार राजभण्डारी,पालिका नेकपा ईन्चार्ज अविनाष मंण्डल,पालिका नेकपा सचिव मनाेजकुमार राजवंशी, आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी,ताला टुडु,भुमि दुलाल,विजय किस्कु लगायतको विशेष उपस्थिति रहेको थियो।फाइनल खेल अघि जातिय संस्कृती झल्कने संन्थाल नृत्य प्रस्तुत गरिएको थियाे।उक्त समापन खेल कार्यक्रम अन्तर्गत कानेपोखरी गाउँपालिका अधिकृत गोबिन्द फुयाल र प्रमुख अतिथि इन्द्र सुब्बाले खेल क्षेत्रको बिकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने विचार राखेका थिए।

सम्पुर्ण खेल समापन गर्दै रावण मरण्डीले संथाल खेलाडिहरुलाई राष्टिय स्तरसम्म पुर्‍याउने लक्ष्य रहेको समेत बताए।
झापा र मोरङमा बसाेबास गर्ने विशुद्ध २४ वटा संन्थाल टिमहरुको सहभागीता रहेको थियो।

Back to top button