
कानेपोखरी / कानेपोखरी-०६, दहिधापमा स्थापित नव दिप फुटबल क्लबले बडादशै,शुभदिपावली र छ्ठपर्वको पावन अवसरमा आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा पौडेल चोक फुटबल क्लब कानेपोखरी ६ बिजयी भएको छ।
फाइनल खेल हाइवे युथ फुटबल क्लब पथरी शनिश्चरे १ र पौडेल चोक फुटबल क्लब कानेपोखरी ६ बिच दहिधाप डाँडाको खेल मैदान भएको थियो ।सो प्रतिस्पर्धामा पौडेल चोक फुटबल क्लब १-० गोल अन्तरले विजयी भएको हो।
निर्धारित ३०-३० मिनेटको खेलको पहिलो हाफ १५ औ मिनेटमा पौडेल चोकका लागि अनिल तिम्सिनाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए।सोही गोल जितको निर्णायक बन्यो।दुवै टिमबाट उत्कृष्ट गोलका प्रयास भएपनी दुवै टिमले अग्रता भने बनाउन सकेन।
विजेता टिम पौडेल चोकलाई नगद १३ हजार र उपविजेतालाई ८ हजार रुपैयाँ सहित ट्रफी,मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ।म्यान अफ दि म्याच पौडेल चोकका अनिल तिम्सिना घोषित भए भने बेस्ट प्लेयरको उपाधी हाइवेका असिम राईले प्राप्त गरे।
साथै, पौडेल चोकको तर्फबाट पहिलो गोल गर्ने खेलाडी अनिल तिम्सिनालाई हौसला स्वरुप नेपाली काङ्ग्रेस कानेपोखरी ६ सभापति नेत्र थापाले नगद ५ सय रुपैयाँ प्रदान गरे।
आयोजक क्लबका अध्यक्ष मानकुमार माझी,प्रमुख अतिथी सामाजिक अभियान्ता एवम् समाजसेवी देवेन्द्र लुइँटेल,बिशिष्ट अतिथीहरु नेपाली काङ्ग्रेस महासमिति संयोजक जयराज संयोक, ग्रामीण सुधार सामुदायिक वन कानेपोखरी क्षेत्र नम्बर ३ का संयोजक शेरबहादुर लिम्बूलगायतले विजेता र उपविजेता टिमलाई खदा,अबिर प्रमाणपत्रसहित बधाई दिएका थिए।
समापन समारोहमा खेलप्रमी,समाजसेवीहरु सन्तोष फुयल,सुशील राई,भुपेन्द्र सिवाकोटी,शंकर लिम्बू,इन्द्रमाया राई,पुर्ण बोहोरा,डिन्डर खड्कालगायतको विशेष उपस्थिति रहेको थियो।
यो प्रतियोगिता असोज ३० गतेदेखी कार्तिक ९ गतेसम्म सञ्चालन भएको हो।