विन्दवासिनी गाँउपालिका सचिव चौरसीयाले न्याय पाउनुपर्छ – मनोज राजवंशी

नेकपाका अध्यक्षद्वयसंग माग

नेकपा मोरङ जिल्ला सदस्य राजबंशी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मोरङ जिल्ला सदस्य एवम् कानेपोखरी गाउँपालिका पार्टी सचिब मनोज कुमार राजबंशीले विन्दावासिनी गाँउपालिका सचिव मुकेश चौरसीयाको घटनामा संलग्न दोषिलाई उम्कन दिन नहुने जनाएका छन।

नेकपा कानेपोखरी सचिब राजबंशीले झडपलाई रोक्न पुगेका चौरसीया माथी निर्भम तरिकाले कुटपिटले मृत्यु भएको भन्दै छानबिन गरी दोषिलाई कारवाही माग गरेका छन ।

उनले मृतक चौरसीयाको चिरशान्तिको कामना गर्दै झडपमा परि घाईते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

चौरसीयाको घटनामा सलंग्न दोषि भएकालाई तत्काल सत्यतथ्य बुझि कडा भन्दा कडा कारवाही माग गरेको बताए। उनले चौरसीया घटनामा संलग्न जो सुकै भएपनि कुनैपनि बहानामा उम्कन नपाईने बताएका छ्न।

बिहीवार पर्साको विन्दावासनी गाँउपालिका ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बिहीवार दिउँसो १२ बजे विन्दावासनी गाँउपालिका शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ ८ जना घाइते भएको थिए । जसमा ४ जना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसीयाको वीरगन्जको एल.एस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

राजबंशीले यस घटनाको दोषि जो भएपनी तत्काल सार्वजनिक गरि कारबाही गर्नुपर्ने ,यस बिषयमा गम्भीर हुनुपर्ने नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओलि,साथै पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री राम बहादुर थापा एवम प्रदेश नम्बर २ पर्सा जिल्ला कार्यालयलाई यस घटनाको बारेमा ध्यानाकर्षण गराउन चाहेका छ्न।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तलाई यस घटनाको दोषि पहिचान गरि मुद्दा दर्ता गरि कार्वाही अघि नबढाएमा आन्दोलन गर्ने चेतावनी दिएका छ्न।

लेखक नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिव एवम राजबंशी समाज बिकास समिती मोरङका अध्यक्ष हुन् ।।

Back to top button