बिशुराजद्वारा विपन्नलाई खाद्यान्न र खेलाडिलाई जर्सी प्रदान

यसपालीको बडादशैंमा अघिल्ला बर्षहरुको जस्तो चहलपहल देखिदैन।

कानेपोखरी / नेपालमा दिनहुँ कोरोना भाइरसका बिरामीको संख्या बढदो छ।एकातिर कोरोना अर्कातिर नेपालीहरुको महान चाड बडादशैं

यसपालीको बडादशैंमा अघिल्ला बर्षहरुको जस्तो चहलपहल देखिदैन।

कोरोनाका कारणले लामो समय लकडाउन हुँदा धेरैको रोजिरोटी खोसियो,विपन्न परिवारलाई त झनै समस्या परेको छ।दशैं घरमै आइसक्यो खानको लागि खाना छैन,लाउनका लागि लुगा छैन । विपन्न ,एकल,अपांग परिवारहरुको भोको पेट र नाङ्गो शरीर ढाक्नका लागि नेकपाका युवा नेता एवम कानेपोखरी युवा समाजका अध्यक्ष बिशुराज राई एक संम्बाहक बनेका छ्न।

शुक्रबार बिशुराज,बिज्ञान सुब्बा,आशिष राईलगायतको विशेष पहलमा युकेमा कार्यरत ललिता लिम्बूको मुख्य आर्थिक सहयोगमा कानेपोखरी गाउँपालिका वडा नम्बर ७ को बरगाछी,४ नम्वर वडाको खोरिया र ५ नम्वर वडा भौसाबारीलगायतका आर्थिक अवस्था कमजोर भएका करिब ३० घरपरिवारहरुलाई बडादशैंको अवसरपारी खाद्यान्न सामग्री,लताकपडा वितरण गरिएको छ।सो राहत एक औपचारिक कार्यक्रम गरि वितरण गरिएको हो। कार्यक्रमलाई औपचारिकता प्रदान गर्न कानेपोखरी वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राईको प्रमुख अतिथ्यता रहेको थियो।

विशेष अतिथीमा समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा,आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी,४ नम्बर वडा सदस्य महेन्द्र गुरुङ,अतिथीहरुमा समाजसेवी तथा युवा नेतृत्वहरु भुपेन्द्रकुमार सुब्बा,बिज्ञान सुब्बा,डम्बर कटुवाल,सुरेश गुरुङ,चित्र राईलगायत विशेष उपस्तिथि रहेको थियो।

सामाजिक कार्यमा तल्लिन रहने उर्जा सदैव मिलोस भन्दै अतिथिहरुले सहयोगीहरुलाई हौसला प्रदान गरेका थिए।

सोही अवसरमा बिशुराजको मुख्य पहलमा कानेपोखरी ४ खोरियाको मातृभुमी समाज सेवा युवा क्लब र कानेपोखरी ५ भौसाबारीस्थित क्यापस डाँडाको रेडस्टार फुटबल क्लबका १५-१५ जना खेलाडीलाई जनही १/१ सेट जर्सि उपलब्ध गराएका छ्न।

सामाजिक दुरी कायम गर्दै युवानेता भुपेन्द्रकुमार सुब्बाले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए।

Back to top button