गिता चौधरीको पुनः अर्को गित सार्वजानिक

थारु गितहरु गाएर थारु समुदायमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएकी उनको चर्चा चुलिदो छ।

कानेपोखरी / थारु समुदायकी चर्चित गायिका गिता चाैधरीकाे थारु गित “ताेरे सिके याद एवु´´शनिबार उनकै युट्युव च्यानल मोरंगैया थारनी गिता चौधरी अफिसियलबाट सार्वजनिक भएको छ ।

गितमा चन्द्र माेहन विश्वासकाे शब्द,गायिका गिताकै संगित र सुरज श्रेष्ठको संगित संयोजन,मिक्सिङ र मास्टरिङ रहेको छ।

गितको छायांकन बिरू माझीले गरेका छ्न भने चन्द्र माेहन विश्वासले गितको निर्माण गरेका हुन। यस गितमा शब्दकारले आफ्नो मृत्युलाई कल्पना गरेर आफ्नो भावपूर्ण शब्दद्वारा मनै छुने गरि लेख्ने प्रयास गरेका छन्।

आफुले माया गरेकाे मान्छेले छाडिसकेपछीको यादलाई समेटेर बनेकाे गित निकै मार्मीक रहेको छ।गायिका गिता चाैधरीले नेपाली, मैथिली,थारु भाषाका गीतहरुमा आफ्नो स्वर दिई सकेका छन् भने दर्शकहरुले `हमे मोरंगिया थार्नी भाग १,२ र ३´ लाई अत्याधिक रुचाएका थिए।

थारु गितहरु गाएर थारु समुदायमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएकी उनको चर्चा चुलिदो छ।

Back to top button