
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलालाई कोरोना संक्रमणको पुष्टि भएको छ। उनले आज शुक्रवार आफुलाई कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन।
उपप्रमुख विष्टको सवारी चालकलगायत उनिसंग सम्पर्कमा रहेका केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको स्वाब परिक्षणका लागि ६ दिनअघि पठाइएको थियो।