कानेपोखरीमा ५ वेडको आइसोलेसन हस्पिटल सञ्चालनमा

अस्पताल बस्नुपर्ने कोरोना संक्रमीत आफ्नै पालिकाबाट सुबिधा पाउँदा सहजता हुने उनले बताए।

कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बयरबनको स्वास्थ चौकीमा सोमबार ५ बेडको आइसोलेसन हस्पिटल सञ्चालमा ल्याइएको छ।

वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राईले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथ्यता गाउँप्रमुख ताराबहादुर काफ्लेले गरेका थिए।सो हस्पिटलमा एक एमबीबीएस डाक्टर,एक ल्याब टेक्निसियन र एकजना स्टाफ नर्स कार्यरत रहने छन्। अस्पतालको गेड अगाडि राखिएको ब्यानरको अनावरण गर्दै प्रमुख अतिथीलगायत अतिथीहरुले सो अस्पताललाई औपचारिक रुपमा उद्वघाटन गरेका हुन।

उद्वघाटन सत्रमा बोल्दै प्रमुख काफ्लेले कानेपोखरी पालिका समृद्धितर्फ तिव्र गतिमा अघि बढिरहेको बताए।उनले काेभिड अस्पताललाई सही तरिकाले संचालनमा ल्याउन हरेक तवरले साथ दिने जानकारी गराउदै चाडैं १५ वेडकाे अस्पताल पनि संचालनमा ल्याउने जानकारी दिए।हाल कोरोना संक्रममितको संख्या दिनहुुँ बढिरहेको अवस्थामा सम्पुर्णलाई सावधानी रहन आग्रह गरे।

अस्पताल बस्नुपर्ने कोरोना संक्रमीत आफ्नै पालिकाबाट सुबिधा पाउँदा सहजता हुने उनले बताए।

कार्यक्रममा कानेपाेखरी क्वारेन्टाईन संयाेजक तथा वडा नम्बर ६ का वडाअध्यक्ष खड्क बस्नेत, ईन्द्र सुब्बा, गणेश सुवेदि,राजकुमार राजबंशी,मनाेज राजबंशी,टंक अधिकारी, बयरवन स्वास्थ्य चाैकि प्रमुख ओम प्रकाश लिम्बु ,भुपेन लिम्बु ,भुमी दुलाल ,विर बहादुर बंम्जन, दिलिप शेर्पा, चिन्तामणि दाहाललगायतको विशेष उपस्थिति थियाे ।

Back to top button