गायिका गिता चौधरीको नयाँ गित सार्वजनिक

भिडियो छायांकन बिरु माझी र कवल बिश्वासले गरेका छ्न भने सम्पादन मिडिया कन्सेप्ट इटहरीको रहेको छ।

कानेपोखरी  / थारु समुदायकी चर्चित गायीका गिता चौधरीकाे आफ्नो युट्युव च्यानल मोरंगैया थारनी गिता चौधरी अफिसियलबाट भर्खरै हमे मोरंगैया थारनी ३ को गित सार्वजनिक गरेकी छिन।

सो गितमा भुदेब भगतकाे शब्द रहेको छ भने स्वर/संगीत गीता चौधरीकै रहेकाे छ।संगित संयोजन,मिक्सिङ र मास्टरिङ भने रन्जन हारुनले गरेका हुन।

भिडियोको निर्देशन भुदेब भगतले नै गरेका छ्न। यो भिडियोमा मोरंगैया थारुहरुको अचरा खड्कीकाे बारे वर्णन गरेर गितकाे माध्यमबाट प्रस्तुत गरिएको छ। बहुचर्चित गायिका गिता चौधरीले गत वर्ष हमे मोरंगैया थारनी बोलको गितबाट निकै चर्चा कमाउन सफल भएकी थिईन ।

भिडियो छायांकन बिरु माझी र कवल बिश्वासले गरेका छ्न भने सम्पादन मिडिया कन्सेप्ट इटहरीको रहेको छ।

Back to top button