रमाइलो प्रहरी चौकीलाइ ‘प्रहरी भ्यान’ ll एम्बुलेन्स प्रक्रियामा

आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्ने तयारी थियो ।

कानेपोखरी मोरङ् / मोरङको कानेपोखरी गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि मुख्य मंन्त्री एकीकृत शान्ति सुरक्षा तथा बिपद ब्यवस्थापन सवास्थ्य सेवाका लागि कानेपाखरी गाउपालिकालाइ प्रदान गरेको एक थान प्रहरी भ्यान स्थानिय रमाइलो प्रहरी चौकीलाइ हस्तान्तरण गरेको छ ।

रमाइलो प्रहरी चौकीका इन्चार्ज लाक्पा शेर्पालाइ कानेपोखरी गाउपालिका अध्यक्ष तारा बहादुर काफ्लेले हिजो गाउपालिकाको प्राङगडमा एक कार्यक्रमको आयोजना गरि प्रहरी भेन हस्तान्तरण गरेका हुन ।

सवारी साधन हस्तान्तरण कार्यक्रममा गाउपालिका अध्यक्ष तारा बहादुर काफ्ले, जन प्रतिनिधीहरु धन बहादुर राइ ,चरण गुरुङ , खड्ग बस्नेत , नेकपाका स्थानिय नेता अम्बिका अर्याल र नेपाली कांग्रेसका प्रतिनिधी  सन्तोष फुयल लगाएतको उपस्तिथी रहेको थियो ।

प्रदेश १ सरकारले प्रदेशका ११ जिल्लाका १र१ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १र१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको थियो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा असोज २९ गते आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गरेका थिए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्ने तयारी थियो ।

अहिले ११ स्थानीय तहलाई हस्तान्तरण गरेकोमा तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा ती सामाग्री हस्तान्तरण गरिनेछ ।

बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।

सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ ।

Back to top button