शिक्षाप्रेमी १० युवाद्वारा स्कुललाई सहयोग

१० युवाहरुले २६ हजार ८ सय ८५ रुपैयाँ स्कुललाई सहयोग गरेका छ्न।

कानेपोखरी  / उदाहरणिय कार्यहरुमा सबैको प्रशंसा र सहयोग रहन्छ।दिनहुँ विद्यार्थीको रुचि घट्दै गएको सामुदायिक विद्यालयलाई नमुना बनाउने प्रयासका साथ लागिपरेको पुर्वविद्यार्थीको सपना करिब साकार हुने अवस्थामा पुगिसकेको छ।

त्यही साकारतालाई अझ पुर्णता प्रदान गर्न मोरङको कानेपोखरी-०६, मुलगाउँको सरस्वती आधारभूत विद्यालयलाई सहयोग प्राप्त भएको छ्।

हाल प्रवास मलेशियालाई आफ्नो कार्यक्षेत्र बनाई स्वदेशका विभिन्न सामाजिक,शैक्षिक कार्यहरूमा सहयोग पुर्याउदै आएका कानेपोखरी ६ स्थाई ठेगाना भएका १० युवाहरुले २६ हजार ८ सय ८५ रुपैयाँ स्कुललाई सहयोग गरेका छ्न।

सुरेन धिमाल,सुनिल धिमाल,नरेश श्रेष्ठ,राजन कार्की, असिमराज लिम्बूखिम,प्रणय लुइँटेल,सन्त राई,गोविन्दराज आङ्देम्बे,नगेन लिम्बू र तेज बहादुर आले मगरले संयुक्त रुपमा मिलेर सो रकम प्रदान गरेका हुन् । स्कुललाई पालिका मध्येकै नमुना बनाउने सपना लिई लागीपरेका हामीलाई सम्पुर्णको साथ र सहयोग मिलेको भन्दै सरस्वती आधारभूत विद्यालय एल्मुनाइ एसोसिएसनका तर्फबाट अध्यक्ष खगेन्द्र बराइलीले सबैलाई धन्यवाद व्यक्त गरे।

बिद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष विवेक लिम्बुले सहयोगी मनहरुलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि साथ,सहयोग र समन्वयको आशापनि रहेको जानकारी दिए।

Back to top button