कानेपोखरीका १२ जनामा कोरोना पुष्टि

वडा नम्बर ३,४ र ६ का १० पुरुषसहित २ महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

कानेपोखरी  / मोरङ कानेपोखरी गाउँपालिकाका क्षेत्रमा पछिल्लो पटक १२ जनामा कोरोना भाइरस देखिएको छ ।

असोज २५ गते आइतबार स्वाब संकलन गरी कोशी अस्पताल विराटनगर पठाइएकोमा आज बिहिवारको पिसिआर रिपोर्ट अनुसार पालिकाका कर्मचारी ३ जना,जीवन बिकास सहकारी संस्थाका कर्मचारी २ जना र जनएकता सहकारीका १ कर्मचारी सहित १२ जनामा कोरोना देखिएको पालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए।

विदेशबाट आएका र कन्ट्याक ट्रेसिङमा परेका ५५ जनाको स्वाब परीक्षणका क्रममा पालिका वडा नम्बर ३,४ र ६ का १० पुरुषसहित २ महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

हाल,कोरोना संक्रमीतको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष खड्क बस्नेतले जानकारी दिए।

हाल संक्रमीतहरुको सम्पर्कमा आउनेको कन्ट्याक ट्रेसिङ् कार्य भइरहेको पनि संयोजक बस्नेतले जानकारी बताए।

Back to top button