मुलुकसिंहको उपचारका लागि सहयोग जुट्दै

प्यारालाइसिस रोगबाट पिडित भएर आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकेपछी करिब ६ महिनादेखी ओछ्यानमै थला परेका थिए ।

कानेपोखरी / कानेपोखरी गाउँपालिका वडा नम्बर ४ सुनिल मार्ग निवासी वृद्ध मुलुकसिंह लिम्बूको लागि सहयोग जुट्न थालेको छ ।

प्यारालाइसिस रोगबाट पिडित भएर आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकेपछी करिब ६ महिनादेखी ओछ्यानमै थला परेका थिए ।

करिब १ महिना अघि स्थानिय समाजसेवी भुपेन्द्र सुब्बाले जानकारी गराएपछी केही अनलाइन पोर्टलहरुमा मुलुकसिहंको बारेमा समाचार सार्वजनिक भएको थियो । एचके ट्युव नेपालले पनि मुलुकसिहंको बारेमा सहयोगको अनुरोध गर्दै एक सामाग्री प्रकाशित गरेको थियो ।

प्रशारित समाचार देखेर कानेपोखरी ४ खोरिया निवासी हाल साउदी अरबलाई कार्यक्षेत्र बनाइरहनु भएका राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष सामाजिक अभियान्ता भिम लिम्बुको मुख्य पहलमा “मुलुकसिंह बचाउ अभियान”  अन्तर्गत विदेशमा आर्थिक संकलन भइरहेको छ।

हालसम्म करिब १ लाख रुपैयाँँ संकलन भइसकेको लिम्बूले बताए । त्यस्तै स्थानीय स्तरबाट नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिब एवम राजबंशी समाज बिकास समिती मोरङका अध्यक्ष युवानेता मनोजकुमार राजबंशीले नेता, समाजसेवी लगायतको मार्फतबाट सहयोग उठाइरहेका छ्न। सहयोग अभियान अझ केही हप्ता चल्ने यसै संस्थाका संरक्षक राजबंशीले जानकारी दिए ।

मुलुकसिहंको गत चैत्र महिनाको पहिलो साता प्रेसर बढेर ढ्लेपछि शरीरका सम्पुर्ण अंगहरु चल्न छाड्यो । उपचारका लागि ऋण खोजेर उर्लाबारीको मंगलबारेमा १ महिना थेरापीका लागि लगियो, त्यहाँ ५० हजार रुपैयाँ सकियो, तर, आर्थिक विपन्नताले त्यो पनि बिचैमा रोकियो ।

सहयोग जुटिरहँदा बिरामीको मुलुकसिहं श्रीमतीले राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका अध्यक्ष सिमान्त लोक जोगी, उपाध्यक्ष भिम लिम्बू,सचिब डुबिन्द्र न्यौपाने लगायत सम्पुर्ण सहयोगी मनलाई धन्यवाद दिदै श्रीमान चाँडो निको हुने आशा रहेको बताईन।

मुलुक सिंह लिम्बु बचाउ अभियान अन्तर्गत विभिन्न संघसस्थाहरुबाट आर्थिक रकम उठ्ने क्रम जारी रहेसंगै निज मुलुक सिंह लिम्बूलाई स्थानिय, आफन्तहरुको सहयोगमा आज भारतको खरैया लगिदैछ ।

बिरामीको दयनिय अवस्था देखेर नै स्थानिय नेता, छिमेकी लगायतले सहयोग संकलन अभियान चलाएका हुन् ।

Back to top button