
कानेपोखरी / कोरोना कहरको असर विभिन्न क्षेत्रमा परिरहेको छ । शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव अझ विशेष छ, कारण विद्यालय बन्द भएसँगै विद्यार्थीहरुको दैनिक पठनपाठन ढप्प भएको छ । अनलाईन कक्षा प्रभावकारी नभएको र अनलाईन कक्षाको लागि प्राविधिक यन्त्रको अभाव पनि अर्को कारक भएको भन्दै अभिभावकहरु गुनासो गरिरहेका छन् ।
यसैक्रममा नेपाल सरकार तथा शिक्षा मन्त्रालयको “विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७” बमोजिम विद्यार्थीको सिकाईलाई सहजीकरण गर्नका लागि स्वास्थ्य सामाग्री वितरण योजना अन्र्तगत, जनसेवा उच्च माध्यमिक विद्यालयले पनि स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ ।
विद्यालयले सार्वजनिक सुचना जारी गर्दै विद्यार्थीहरुलाई कोभिड स्वास्थ्य मापदण्डको नियम पालना गर्दै विद्यालयमा उपस्थित भई स्वास्थ्य सामाग्री लैजान विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
विद्यालयले जारी गरेको सुचनाको पुर्णपाठ हेर्नुहोस् ।।