बिना अनुमती अपलोड गरिएको भिडियो हटाइयो

एक्कासी युट्युवमा आएपछि गल्ती गर्नेलाई कार्वाहि साथै क्षतिपूर्तिको माग समेत चौधरीले राखेका थिए।

कानेपोखरी / थारु चलचित्र हमर दिलकाे टाइटल गित ‘हमर दिल वन्या” नामक गित राजा बाबू विश्वासले निर्मातालाई जानकारी नदिई असाेज २५ गते राति ११ आफ्नो युट्युब च्यानल भिजन नेपालमा सार्वजनिक गरेका थिए।
हमर दिल नामक थारु चलचित्रमा विश्वास एक कलाकार मात्र हुन।
हेर्न भनेर लगेकाे भिडियाे युट्युवमा लगाएका थिए।चलचित्रका निर्माता एवम निर्देशक भगत चाैधरीले थाहा पाउने बितिकै भिडियाे हटाउनु अनुरोध गर्दा हटाउन नमानेपछी केही अनलाइनमा चोरी गरेको बारे समाचार प्रकाशित गरेपश्चात् भिडियो केही घण्टाअघि हटाइएको छ।
चाैधरीकाे चलचित्र काेराेनाकाे कारण प्रदर्शनमा आएकाे छैन।सहज परिस्थिति भएपछी प्रदर्शनको तयारीमा रहेको फिल्मको टाईटल गित एक्कासी युट्युवमा आएपछि गल्ती गर्नेलाई कार्वाहि साथै क्षतिपूर्तिको माग समेत चौधरीले राखेका थिए।
भिडियो हटाएपनी निर्माता एवम निर्देशक चौधरीलाई केही अपशब्द गाली प्रयोग गरि फिल्म चल्न दिन्न भन्दै रोक्ने चेतावनी दिएका थिए।मिलेर अघि बढनु सबैभन्दा उत्तम उपाय हो भन्ने उद्देश्यका साथ करिब १ घण्टाको कुराकानी पछि केही असमझदारीका कारणका भिडियो बिना अनुमती हालेको स्वीकार गर्दै विश्वासले माफी मागेका छ्न।
आगामी दिनमा यस्तो हर्कत नदोहोर्‍याउन अनुरोध गर्दै विवादलाई टुङ्ग्याइएको छ।

Back to top button