पिएल टिभीद्वारा आयोजित गायन प्रतियोगितामा पथरीका टेकेन्द्र बिजयी

पथरी शनिश्चरे / नेपालमा गायन प्रतियोगिताको आयोजना धेरै भइरहेको समयमा यसैमा सहभागी भएर गायिक क्षमता देखाई गायकी क्षेत्रमा स्थापित हुने जमात दिनहुँ बढिरहेको छ।

त्यस्तै,पिएल टिभी एचडीले आयोजना गरेको पिएल टिभी मेघा स्टार गायन अनलाइन प्रतियोगिताको उपाधी मोरङ पथरी शनिश्चरे २ का टेकेन्द्र गुरुङले हात पारेका छ्न। शनिबार पथरी शनिश्चरे १ पिएल टिभी एचडीको कार्यालयमा भएको फाइनलमा गुरुङले उपाधीसंगै नगद १५ हजार रूपैयाँ,एउटा गित रेकर्डिङ र एउटा म्युजिक भिडियो निर्माणको अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी नगरप्रमुख दिलिपकुमार राई,कार्यक्रमको सभाअध्यक्ष पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले विजेतालाई पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा समाजसेवीहरु प्रदिपकुमार राई,सुमन बि।क,भुपेन रनपहेलीलगायतको उपस्थिती रहेको थियो ।

देश तथा विदेशमा रहेका २५० जना प्रतियोगी सहभागी रहेको अनलाइन कार्यक्रमको टप ५ मा काठमाडौंका सिद्धार्थ बज्रचार्य,स्‍मृति शेर्पा र मोरङ्का अबिशेक  लिम्बू, संगिता गहतराज र टेकेन्द्र गुरुङ छानिएका थिए।कार्यक्रमको निर्णयकहरुमा वरिष्ठ संगितकार कृष्ण योन्जन, महेश ज्ञवाली र गायक रविन कङ्दङ्वा रहेका थिए।

कोरोनाको संक्रमणको बेला गायनको तवरले मानसिक तनाब कम गर्ने उद्देश्य र नवप्रतिभाको खोजीका लागि अनलाइन माध्यमबाट भएपनि कार्यक्रम गरिएको पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले बताउनुभयो ।

विजेतालाई बधाई दिदै,कला र नवप्रतिभालाई नगरले सधैं साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै यसको बिकासका लागि सम्पूर्णलाई एक्यवद्धता भएर लाग्न समेत अनुरोध गर्नुभयो।

Back to top button