कानेपोखरीमा आपतकालिन लकडाउन ll यस्ता छन् ‘कडा नियम’

सहकारीका कर्मचारी, शिक्षक, सामाजिक कार्यकर्ता लगायतलाई कोरोना संक्रमण भएपछि, यसले विकरालरुप लिएको हो ।

कानेपोखरी / पछिल्लो समय नेपाललाई कोरोना जोखिमको दृष्टिकोणले रेडजोनकोरुपमा हेरिएको छ ।

प्रदेश नं १ अन्र्तगत कानेपोखरी गाउँपालिकाभित्र कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढिरहेको छ । सहकारीका कर्मचारी, शिक्षक, सामाजिक कार्यकर्ता लगायतलाई कोरोना संक्रमण भएपछि, यसले विकरालरुप लिएको हो ।

तिव्र कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै थप जोखिम कम गर्नका लागि कानेपोखरी गाउँपालिकाले कडा नियम सार्वजनिक गरेको छ । पालिकाले सम्पुर्ण गाउँबासीहरुलाई जारी गरेको नियमहरु पुर्णरुपमा पालन गर्नका लागि अनुरोध समेत गरेको छ ।

जारी गरेको निर्णयहरुमा अनिश्चितकालसम्मका लागि विद्यालय, बजार, सार्वजनिक स्थल, सभा, गोष्ठी, भेला लगायत बन्द रहने ।
गाउँपालिका र वडा कार्यलयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सवै सेवा बन्द रहने । दशैं तिहार लगायतका चाडपर्वमा हुने नियमित पुजापाठ बाहेकका मानिसहरु जम्मा हुने उत्सव कार्यक्रम, भजन र नाचगान कार्यक्रमहरु नगर्ने आदि छन् ।

विस्तृत जानकारीका लागि पालिकाद्धारा सार्वजनिक गरिएको सुचना हेर्नुहोस् ।।

Back to top button