
कानेपोखरी / कानेपोखरी गाउँपालिकामा आज(शुक्रबार) आठ जना कोरोना संक्रमीत थपिएका छ्न।
असोज १९ गते होम आइसोलेसन र कन्ट्याक ट्रेसिङका आधारमा ३८ जनाको स्वाब संकलन गरि प्रदेश कोभिड ल्याब विराटनगर पठाइएको थियो।ती मध्ये आज १ महिलासहित ८ जनाको रिपोर्ट पोजेटिभ आएको पालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताउनुभयो ।
उनीहरु वडा नम्बर २,४,६ र ७ का रहेका छ्न। अहिले संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छ्न भने उनिहरुको अवस्था सामान्य रहेको छ।हाल संक्रमीतहरुको सम्पर्कमा आउनेको कन्ट्याक ट्रेसिङ् कार्य भइरहेको पनि स्वास्थ्य प्रमुख राजभण्डारीले जानकारी दिनुभयो।
पालिकामा संक्रमण तिव्र गतिमा फैलिन थालेपछी असोज १९ गतेदेखी २४ गतेसम्मको लागि गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द रहेको छ।