नेकपा गाउँ सचीव राजबंशीलाई कोरोना संक्रमण पुष्टि

नेकपा मोरङ जिल्ला सदस्य,कानेपोखरी पार्टी सचिब एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष युवानेता मनोजकुमार राजबंशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कानेपोखरी / कोरोना संक्रमणले विश्वलाई नै त्रसित बनाईरहेको छ।

नेपालमा कुल संक्रमितको संख्या करिब १ लाखको हाराहारी पुगेको छ।सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी पुगिसकेको अवस्थामा स्थिति भयावह हुँदै गइरहेको छ। जनताको प्रतिनिधि,सरकारी कर्मचारी,विभिन्न पार्टिका नेतृत्वकर्तालगायतलाई कोरोना संक्रमण देखिदै जादा अबका दिनहरुमा यसको नियन्त्रण तथा रोकथामका लागि के कस्ता उपायहरु उपनाउने यसबारे सोच्नु अतिआवश्यक छ् ।

त्यस्तै, नेकपा मोरङ जिल्ला सदस्य,कानेपोखरी पार्टी सचिब एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष युवानेता मनोजकुमार राजबंशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनासंग मिल्दो लक्षण देखिएका आधारमा असोज १९ गते पिसिआर परिक्षण गरि प्रदेश कोभिड ल्याब बिराटनगर पठाईएको थियो। सो रिपोर्ट अनुसार शुक्रबार राजबंशीलाई कोरोना देखिएको हो। जनताको सेवामा अहोरात्र खट्ने क्रममा उनमा असोज १७ गते शनिबार लक्षणहरु देखा परेको थियो।सोही दिनदेखी उनि होम क्वारेन्टाइनमा बसिरहेका थिए।

अहिले होम आईसोलेसनमा बसिरहेका उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ। उहाँले सम्पुर्ण कानेपोखरीबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी,आफन्त लगायत दिनरात सामाजिक कार्यमा खटिरहने पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक सबैलाई यसबेला सुरक्षित रहेर बसिदिनुहुन हार्दिक अनुरोध गर्दै कोरोनालाई जित्नको लागि आ-आफ्नो घरमा बस्न अनुरोध गर्नुभएको छ्।

साथै,कोरोनालाई फैलिनबाट रोक्न सम्पुर्ण गाउँबासी सजक र सतर्क हुनुपर्ने बताउनुभयो।

Back to top button