शिक्षाप्रेमी भुपालद्वारा स्कुललाई सहयोग कानेपोखरी

भुपाल श्रेष्ठले आइतबार स्कुललाई १ थान साउण्ड सेट १२,५०० रुपैयाँको प्रदान गरेका हुन।

कानेपोखरी  / उदाहरणिय कार्यहरुमा सबैको प्रशंसा र सहयोग रहन्छ।दिनहुँ विद्यार्थीको रुचि घट्दै गएको सामुदायिक विद्यालयलाई नमुना बनाउने प्रयासका साथ लागिपरेको पुर्वविद्यार्थीको सपना करिब साकार हुने अवस्थामा पुगिसकेको छ्। त्यही साकारतालाई अझ पुर्णता प्रदान गर्न मोरङको कानेपोखरी-०६, मुलगाउँको सरस्वती आधारभूत विद्यालयलाई सहयोग प्राप्त भएको छ्।

बि.एण्ड बि कन्सट्रक्सन प्राइभेट लिमिटेड कानेपोखरी ५ का प्रोपाइटर शिक्षाप्रेमी,राजनीतिज्ञ भुपाल श्रेष्ठले आइतबार स्कुललाई १ थान साउण्ड सेट १२,५०० रुपैयाँको प्रदान गरेका हुन। विद्यालय व्यवस्थापन समिती गठन कार्यक्रमको अवसरपारी सो सामग्री श्रेष्ठले स्कुलका प्रधानाध्यापक चन्द्र मगर,स्कुल व्यवस्थापन समितीका पुर्वअध्यक्ष विबेक लिम्बु, पुर्वविद्यार्थी संगठनका वर्तमान अध्यक्ष खगेन्द्र बराईलीलगायतलाई प्रदान गरेका थिए ।

कार्यक्रममा सहयोगकर्ता श्रेष्ठले स्कुलको प्रगतिको तारिफ गर्दै विद्यालयको सुधारको पक्षमा साथ दिनुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै, सक्रियताको प्रशंसा गर्नुभयो।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष विवेक लिम्बुले सहयोगी मनलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि साथ,सहयोग र समन्वयको आशापनि रहेको बताउनुभयो।

व्यवस्थापन समिती गठन कार्यक्रममा आइतबार चार जना सदस्यहरु अभिभावकमध्येबाट निर्विरोध चयन भएका छ्न। चयन हुनेहरुमा विबेक योङ्हाङ,डेण्डरसिंह खड्का,शुक्ररानी लिम्बू,कमला काफ्ले रहेको स्कुल प्रधानाध्यापक चन्द्र मगरले जनाउनुभयो। उहाँले पुर्ण समिती केही दिनमै गठन हुने जानकारी दिनुभयो।

Back to top button