नेकपा कता ?

सबै नसच्चिए नेकपाको राजनीति आन्दोलन धरासयमा जाने पक्का पक्की हो।

नेकपा विचलन कि सुधारात्मक यात्रामा गइरहेको छ ?

पहिलो कुरा बुझ्न आवश्यक छ,गुटबन्दी र ईर्ष्या गरेर राम्रो काम गर्ने सधै श्रमजिबि सर्वहारा वर्गको रक्षामा दिनरात नभनी खट्ने कार्यकर्ता र नेतृत्व भन्दा पार्टीको नाममा दलाल पुँजिपती ठेकेदारहरुको संरक्षणमा लाग्नेहरुको व्यक्तिगत कुराहरुले माथिल्लो तहमा रहेर काम गर्ने नेताहरु गुटबन्दी को भेलामा गएर अवैधानिक धारणा व्यक्त गर्नु,अनि आत्मसमर्पण गरेर हिजोको जनयुद्ध जनआन्दोलनको मर्म विपरित भेला बैठक बस्नु त्यो एउटा कम्युनिष्टको भेला र बैठक नभई ईष्र्या र नौटंकी गरि नेकपाको प्रतिष्ठालाई नै आम जनतामा लज्जास्पद रुप देखाउनु हो।

सबै नसच्चिए नेकपाको राजनीति आन्दोलन धरासयमा जाने पक्का पक्की हो।

त्यसैले जो सधै दिनरात नभनी जनताको निम्ति पार्टी लाई जिवन्त राख्नको निम्ति कसैसंग गलत सम्झौता नगर्ने नेतृत्वको हामीले साथ र सहयोग गरौ र नेता कमरेडहरुले नि गरौं बाँकी त जनता नै जनार्दन हुन।

यदि नेकपा भित्र सच्चिएर नगए एक अर्काको अस्तित्व लाई स्वीकार नगरे आगामी आउने निर्वाचनमा आम जनताको नजरमा नेकपा प्रतिको लगाव साच्चै नै अविश्वासमा जाने निश्चित छ ,दलाल पुजिपती वर्गको हामीले असल राजनीति गर्ने जो समाज जनता र पार्टीको निम्ति लड्ने आम नेता कार्यकर्ताहरु बिचको यो लडाईले अब पक्कै नयाँ योजना सहित नेकपा अघि बढ्नु आवश्यक छ।

Back to top button