कानेपोखरीमा पाँचजनालाई कोरोना पुष्टि

असोज १६ गते होम आइसोलेसन र कन्ट्याक ट्रेसिङमा परेका जम्मा ३३ जनाको स्वाब संकलन गरि प्रदेश कोभिड ल्याब बिराटनगर पठाइएको थियो ।

कानेपोखरी /  कानेपोखरी गाउँपालिकाका ५ जनालाई आज कोरोना संक्रमण पुष्टि भएको छ।
असोज १६ गते होम आइसोलेसन र कन्ट्याक ट्रेसिङमा परेका जम्मा ३३ जनाको स्वाब संकलन गरि प्रदेश कोभिड ल्याब बिराटनगर पठाइएको थियो । ती मध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले जानकारी दिनुभयो।
वडा नम्वर २ का अध्यक्ष सुशील बुढाथोकीलाई असोज १४ गते कोरोना पुष्टि भएपछी उनको सम्पर्कमा आएकाहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। कानेपोखरी वडा नम्बर ६, रमाइलो आसपास बसोबास गर्नेहरुमा देखिएको कोरोना संक्रमणमध्ये १ जना विपत व्यवस्थापन समितीको सदस्य रहेको पनि स्वास्थ्य प्रमुख राजभण्डारीले बताउनुभयो ।
अहिले संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छ्न भने उनिहरुको अवस्था सामान्य रहेको छ। कोरोना संक्रमण फैलिन नदिन के-कस्ता रणनीति अपनाउने भन्नेबारे अहिले विपत व्यवस्थापन समितीको बैठक बसिरहेको छ।
फायल तस्बिर
श्रोत : ईन्टरनेट

Back to top button