दु:खमा महलम लगाउदै स्थानिय सरकार

कानेपोखरी गाउँपालिकाले घरमा टिन लगाइदिए र सोलार जडान गरिदिएका छ्न। 

कानेपोखरी  / बाबुराम अधिकारी जो आर्थिकरुपले अन्त्यतै विपन्न रहेका छन् । एकल जीवन बिताउदै आएका उनी मोरङ कानेपोखरी-०५,भौसाबारीमा बसोबास गर्छन।

उनको घरको अवस्था निकै जिर्ण रहेकाले आफ्नो घरमा नबसी छिमेकीकोमा शरण लिइरहेका उनलाई नेकपा वडा नम्बर ५ का युवानेता एवम समाजसेवी बालकृष्ण सँग्रौला र नेकपा पार्टी मोरङ जिल्ला सदस्य एवम कानेपोखरी पार्टी सचिव मनोज राजबंशीको विशेष पहलमा उनलाई कानेपोखरी गाउँपालिकाले घरमा टिन लगाइदिए र सोलार जडान गरिदिएका छ्न।

कार्यक्रममा कानेपोखरी गाउँपालिका(स्थानिय सरकार) अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजमती इङ्नामसहित नेकपा पार्टी मोरङ जिल्ला सदस्य एवम कानेपोखरी पार्टी सचिव मनोज राजबंशी,वडा नम्बर ५ का युवानेता एवम समाजसेवी बालकृष्ण सँग्रौला,नगर प्रहरी प्रमुख युवराज भुजेल,नेकपा युवा नेता एवम समाजसेवीहरु भुपेन्द्र सुब्बा,बिक्रम तामाङलगायत स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो।

हालसम्म बालकृष्ण सगौलाले उनको हेरचाह गर्दै आएका थिए।

अधिकारीको अवस्थाबारे पालिकाबाट बिहिवार बुझ्न जादा खानको अभाव देखिएको कारण चाडैं आवश्यक खाद्यान्न सहयोग गर्ने पालिका उपाध्यक्ष राजमती इङ्नामले बताउनुभयो।

समाजसेवा गर्दा सन्तुष्टि मिल्ने बताउने कानेपोखरी पार्टी सचिब मनोज राजबशीले यस पहल कदमीको सुरुवात गर्नुभएको हो।

Back to top button