स्थानिय सरकार घरघरमा

आफ्नो निजि घर नभएका दर्जी अर्काको घरमा काम गरेर जहान परिवार पालिरहेका थिए।अचानक घरबेटिले निकाला गरिदिएपछी अहिले उनको अवस्था कारुणिक भएको छ।

कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका-०४ खोरिया टोलमा निकै कष्टकर बसोबास गर्न बाध्य रहेका हरिप्रसाद दर्जिलाई पालिकाबाट राहत प्राप्त भएको छ्।

राहत स्वरुप २० किलोग्राम चामल,१ थान त्रिपाल,२ लिटर तेल,२ थान साबुनसहित १ पोका नुन दिइएको हो।सो वितरण कार्यक्रममा कानेपोखरी गाउँपालिका(स्थानिय सरकार) उपाध्यक्ष राजमती इङ्नामसहित नेकपा पार्टी मोरङ जिल्ला सदस्य एवम कानेपोखरी पार्टी सचिव मनोज राजबंशी,वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई,नेकपा युवा नेता एवम समाजसेवीहरु भुपेन्द्र सुब्बा,बिक्रम तामाङ,नगर प्रहरी प्रमुख युवराज भुजेललगायत स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो।

आफ्नो निजि घर नभएका दर्जी अर्काको घरमा काम गरेर जहान परिवार पालिरहेका थिए।अचानक घरबेटिले निकाला गरिदिएपछी अहिले उनको अवस्था कारुणिक भएको छ।

३ महिनाको लागि अर्काको जग्गामा बासको खाबा गाडेर पातले बेरेर बनाएको झुपडीमा बसिरहेका छन् ।यो राहत अत्यावश्यक भएकाले हतार-हतारमा दिइएको र अब केही दिनमै पालिकाबाट टिन,बास आवश्यक पर्ने भौतिक सामग्रीहरु उपलब्ध गराई व्यवस्थित घर बनाईदिने प्रतिबद्धता उपाध्यक्ष ईङ्नामले गर्नुभयो।

समाजसेवा गर्दा आनन्द लाग्ने बताउने कानेपोखरी पार्टी सचिब मनोज राजबशीले यस पहल कदमीको सुरुवात गर्नुभएको हो।

Back to top button