कानेपोखरी-०२ का वडाअध्यक्षलाई कोरोना पुष्टि

२ नम्बर वडा कार्यालय तत्कालका लागि केही दिन बन्द गरिएको पालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनाउनुभयो।

कानेपोखरी  /  कानेपोखरी गाउँपालिकाका वडाअध्यक्ष एवम पालिका प्रवक्तालाई कोरोना पुष्टि भएको छ।

वडा नम्बर २ का अध्यक्ष एवम प्रवक्ता सुशील बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएको हो ।

असोज ११ गते आईतबार पालिका उपाध्यक्ष र २ नम्बरका वडाअध्यक्षसहित होम क्वारेन्टाइनमा बसेका जम्मा २४ जनाको स्वाब संकलन गरि प्रदेश कोभिड ल्याब बिराटनगर पठाइएको थियो। तिमध्ये अध्यक्ष बुढाथोकीको पिसिआर रिपोर्ट भने बुधबार पोजेटिभ आएको कानेपोखरीका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले जानकारी दिनुभयो।

हाल बुढाथोकी होम आइसोलेसनमा बसिरहेका छ्न।उनको अवस्था सामान्य रहेको स्वास्थ्य प्रमुख राजभण्डारीले बताउनुभयो ।

राजभण्डारीका अनुसार हालसम्म पालिकाभित्रका १ जना पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको र ६ जना कोरोनामुक्त भएको बताउनुभयो।

२ नम्बर वडा कार्यालय तत्कालका लागि केही दिन बन्द गरिएको पालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनाउनुभयो ।

Back to top button