रियल स्टार नक आउट फुटबल प्रतियोगितामा हिमाल युनाइटेडको विजय

भौसाबारीको क्याम्पस डाँडाको खेल मैदान भएको प्रतिस्पर्धामा हिमाल युनाइटेड ३-० गोल अन्तरले विजयी भएको हो।

कानेपोखरी / कानेपोखरी-०५ भौसाबारीमा स्थापित रियल स्टार क्लबद्वारा आयोजित प्रथम रियल स्टार नक आउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको फाइनल खेलमा हिमाल युनाइटेड क्लब कानेपोखरी ६ बिजयी भएको छ।

फाइनल खेल आयोजक टिम रियल स्टार र हिमाल युनाइटेड क्लबबिच भौसाबारीको क्याम्पस डाँडाको खेल मैदान भएको प्रतिस्पर्धामा हिमाल युनाइटेड ३-० गोल अन्तरले विजयी भएको हो।

निर्धारित ३०-३० मिनेटको खेलको पहिलो हाफमा युनाइटेडका लागि पावेल कटुवालले २० औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।त्यस्तै,दोश्रो हाफको खेलमा युनाइटेडका तारामान घिसिङ र भिजन राईले १-१ गोल गर्दै टिमलाई सुनौलो जित दिलाएका थिए।आयोजक टिमले केही राम्रा अवसर पाएपनी गोल गर्न सकेन।

विजेता टिमलाई नगद १६ हजार र उपविजेतालाई ८ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ।साथै पहिलो गोल गर्ने खेलाडीलाई ५ सय रुपैयाँ प्रदान गरियो।

आयोजक क्लबका अध्यक्ष शुकदेव धिमाल,प्रमुख अतिथी ५ का वडा अध्यक्ष चरण गुरुङलगायतले विजेता र उपविजेता टिमलाई खदा,अबिर प्रमाणपत्रसहित बधाई दिएका थिए। नेपालीको महान पर्व बडादशैको शु अवसरमा सो प्रतियोगिताको आयोजना गरिएको हो।

यो प्रतियोगिता असोज ३ गतेदेखी १२ गतेसम्म सञ्चालन भएको हो।

Back to top button