आर्थिक रुपले विपन्न मुलुकसिंहले उपचार पाएनन्

श्रीमान थला परेको टुलुटुलु हेरेर बस्नुदेखी बाहेक मेरो केही विकल्प रहेन भन्दै दुखेसो पोख्नुहुन्छ बिरामीका श्रीमती लिलामाया।

कानेपोखरी / आर्थिक अभावका कारण कानेपोखरी-०४ सुनिल मार्ग चोकबाट केही मिटर पुर्वका एक वृद्ध मुलुकसिंह लिम्बुको उपचारमा समस्या भएको छ।

प्यारालाइसिस रोगबाट पिडित लिम्बू उपचारका लागि अस्पताल जान नसकेपछी करिब ६ महिनादेखी ओछ्यानमै थला परेका छ्न। यहि चैत्र महिनाको पहिलो सातातिर प्रेसर बढेर ढ्लेपछि शरीरका सम्पुर्ण अंगहरु चल्न छाडे। उपचारका लागि ऋण खोजेर उर्लाबारीको मंगलबारेमा १ महिना थेरापीका लागि लगियो।त्यहाँ ५० हजार रुपैयाँ सकियो, तर, आर्थिक विपन्नताले त्यो पनि बिचैमा रोकियो ।

जेनतेन कमाउने श्रीमान थलापरेपछी घरमा अन्नको अभाव छ।“बिहान,बेलुका के खाने भन्ने अवस्था छ,बिरामी स्याहार गर्नुकी खानेकुरा जुटाउनु भनेर´´ बिरामीको श्रीमती लिलामायाले भन्नुभयो । केही महिना अगाडि किराँत धर्मावलम्बीहरुले ९ हजार रुपैयाँ रकम र ३५ किलोग्राम चामल र वडाले पनि राहत सहयोग गरेका थियो। हाल,सो राहतपनि सकिसकेको छ।

आर्थिक उपार्जन को श्रोत केही छैन,धेरै खर्च लाग्ने रहेछ,उपचार गर्न सकिएन।दिनहुँ श्रीमान थला परेको टुलुटुलु हेरेर बस्नुदेखी बाहेक मेरो केही विकल्प रहेन भन्दै दुखेसो पोख्नुहुन्छ बिरामीका श्रीमती लिलामाया।

वडा कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगका लागि समन्वय गरेको र अहिले पनि सहयोग सङ्कलनका लागि आवश्यक समन्वय गरिरहेको पिडितका छिमेकी भुपेन्द्र सुब्बाले बताउनुभयो। कानेपोखरी–४, का वडाध्यक्ष धनबहादुर राईले पनि वडाबाट सक्दो सहयोग गर्ने जानकारी दिनुभयो।

श्रीमती लिलामायाले उपचारका लागि सम्पुर्ण देश तथा बिदेशमा रहेका सहयोगी महानुभावहरुलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ्। सहयोगका लागि बिरामीको छोरी गगाँ राईको मोबाइल नम्बर ९८१७३९४२७५ र छिमेकी भक्तमाया मगरको मोबाइल नम्बर ९८०४०४७४२४ मा सम्पर्क गरि मनकारी मानिसहरुले सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।

Back to top button