अस्थायी हङकङ आईडी होल्डरलाई १० हजार डलर राहत

कम्युनिटी केयर फण्ड अन्र्तगत नै हङकङ स्थायी परिचयपत्र (पर्मानेन्ट आईडी कार्ड) वाहकहरुलाई १० हजार हङकङ डलर राहत प्रदान गरिएको थियो ।

हङकङ / न्युन आय भएका हङकङ अस्थायी बसोबास अनुमतीपत्र वाहक (ननपरमानेन्ट आईडी होल्डर) हरुलाई १० हजार डलर राहत स्वरुप प्रदान गरिने भएको छ ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै धरासायी बनिरहेको परिस्थिीतिमा हङकङ सरकारले आफ्ना नागरिकहरुलाई सहजता प्रदान गर्न राहत वितरण गर्न लागेको हो । यस अघि (सिसिएफ) कम्युनिटी केयर फण्ड अन्र्तगत नै हङकङ स्थायी परिचयपत्र (पर्मानेन्ट आईडी कार्ड) वाहकहरुलाई १० हजार हङकङ डलर राहत प्रदान गरिएको थियो ।

वित्तिय सचिव पौल चान भन्छन् हामीले स्थायी परिचयपत्र वाहकहरुलाई राहत वितरण गरिसक्यौ । अस्थायी परिचयपत्र वाहकहरुले पनि कोरोना कहरको पिडा भोगिरहनु भएको छ । न्युन आय भएका त्यस्ता नागरिकहरुलाई दैनिक जीवन सहजताका लागि यो राहतको प्याकेज घोषणा गरिएको हो ।

भर्खरै हङकङ आएकाहरु, बसोबासको ७ बर्ष नपुगेका १८ बर्ष पुरा भएका ननपरमानेन्ट आईडी कार्ड होल्डरले राहतका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाईन, हुलाक र सम्बन्धित बैंक मार्फत दिन सकिनेछ ।

राहत पाउँनका लागि परिवारको संख्याका आधारमा मासिक आय न्युन हुनुपर्नेछ । एकजना सदस्यका लागि हङकङ डलर १५ हजार १ सय, दुईजनाको लागि २२ हजार, तीनजनाको लागि २६ हजार ८ सय, चारजनाको लागि ३३ हजार ५ सय, पाँचजनाको लागि ३६ हजार ९ सय, छ जना अथवा त्यो भन्दा बढि सदस्यहरुका लागि ४० हजार ८ सय भन्दा बढि मासिक आय भएकाहरु राहत कार्यक्रममा सहभागी हुन पाउँने छैनन् ।

आवेदन २७ सेप्टेम्बरबाट ३१ डिसेम्बर २०२० सम्म खुल्ला हुनेछ । थप जानकारीका लागि कम्युनिटी केयर फन्डको वेवसाईटमा हेर्न सकिनेछ ।

Back to top button