हङकङमा यसरी मनाईयो ‘संविधान दिवस’

२०७२ अशोज ३ गते जनप्रतिनिधी सम्मिलित संविधानसभाबाट संघिय गणतान्त्रिक नेपालको संविधान २०७२ जारी गरिएको थियो ।

हङकङ / हङकङमा संविधान दिवस मनाईएको छ । कोरोना महामारीकोबीचमा सामाजिक दुरि र ब्यक्तिगत सजकता अपनाउँदै संविधान दिवस मनाईएको हो ।

हङकङ नेपाली महासंघको आयोजनामा सम्पन्न कार्यक्रम, गायक कृष्णभक्त महर्जनको राष्ट्रिय गीतबाट शुरु भएको थियो । कार्यक्रममा हङकङ स्थित वाणिज्यदूत किरण गुरुङ, नेपाल एयरलाईन्स कन्ट्रि म्यानेजर नवराज उपाध्याय, सिएसटिनएन प्रोजेक्ट प्रमुख रीता गुरुङ, चेम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, बुद्धिजिवी, समाजसेवी, ब्यवसायी तथा विभिन्न संघसस्थाका प्रतिनिधीहरुले एकसाथ मैनबत्ति बाली खुसीयाली साटासाट गरेका थिए ।

संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसकोरुपमा संसारैभरिका नेपालीहरुले मनाईरहेका छन् । हामी आफ्नो कर्म गर्नका लागि विदेशमा छौ तर हाम्रो मन र स्वाभिमान नेपालकै छ । हजारौं नेपालीहरुको त्याग र तपस्याले सिचिंत संविधान बनेको खुसीयालीमा कार्यक्रमको आयोजना गरिएको महासंघका अध्यक्ष टंक राना बताउँछन् ।

कार्यक्रममा संविधान दिवसको अवसरमा नेपाल सरकारबाट प्रबल जनसेवा श्री (चतुर्थ)द्धारा विभुषित भएका खेलाडी, समाजसेवी तथा पुर्व ब्रिटिस गोर्खा सैनिक तुलसीकुमार गुरुङ्लाई सम्मान गरिएको थियो । प्रवासमा रहेर पनि राष्ट्रका लागि उत्कृष्ट कार्य गरेका गुरुङले हङकङमा कर्म गरिरहेका नेपालीहरुको शिर उच्च बनाएको भन्दै उपस्थित नेपालीहरुले प्रशंसा गरेका थिए ।

२०७२ अशोज ३ गते जनप्रतिनिधी सम्मिलित संविधानसभाबाट संघिय गणतान्त्रिक नेपालको संविधान २०७२ जारी गरिएको थियो ।

Back to top button